काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले रबि लामिछानेलाई लक्षित गर्दै आफूले गरेको गल्ती छुट पायो भन्दैमा सधैँ त्यस्तो नहुने बताउनु भएको छ ।
सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले आफूलाई केही गर्ला कि भन्ने लागेर पहिल्यै खुट्टा उचालेको हुनसक्ने टिप्पणी गर्नुभयो ।
उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो “पहिले कुनै कारणले कानूनीरूपमा छुट पायो भन्दैमा पछाडि त्यस्तै हुन्छ भनेर कल्पना गर्न भएन दोष छ भने सबैलाई कारबाही हुन्छ तर प्रतिशोधशून्य, हुनै सक्दैन ।”
बैठकमा बोल्दै सभापति लामिछानेले गृहमन्त्रीले गृहमन्त्रीले प्रहरीमाथि हस्तक्षेप गरेर काम गर्न नदिएको आरोपसमेत लगाउनुभएको थियो ।
त्यसको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “राजनीतिक हस्तक्षेप छैन अहिले पूरै प्रहरी संगठनलाई आफ्नो मापदण्डअनुसार काम गर्नको लागि वातावरण बनाइएको छ । म दोषी देखिए जिम्मेवारी लिन तयार छु प्रोमोसन गर्दा, सरुवा गर्दा पैसाको चलखेल शून्यमा झारिएको छ ।”
प्रतिनिधि सभा सदस्य समेत रहेका लामिछानेले गृहमन्त्रीले ६० किलो सुन काण्डमा आफ्नो मान्छे जोगाउन राजस्व अनुसन्धानबाट सीआईबीमा ल्याएको आरोप लगाउनुभएको थियो ।