Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हामीहरु अहिले पनि क्रान्तिमै छौंः प्रधानमन्त्री दाहाल


१९, पुस २०८०
  • 176
    SHARES
  • हामीहरु अहिले पनि क्रान्तिमै छौंः प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु अहिले पनि क्रान्तिमै रहेको बताएका छन् । आज (बिहीबार) रामेछापको बेथान पानीघाटमा आयोजित २७औं बेथान वीरता दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले क्रान्ति अझै नसकिएको र स्वरुपमात्रै परिवर्तन भएको बताएका हुन् ।

    ‘हामी अहिले पनि क्रान्तिमै छौं । क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ । हामी समाजवादको लक्ष्यमा छौं । त्यसका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेका छौं,’– प्रधानमन्त्री प्रचण्डले भने ।

    तत्कालीन जनयुद्ध देशको मुक्ति र परिवर्तनका निम्ति महान् विद्रोह भएको उनको दाबी छ । त्यतिबेला आफूहरुसँग ठूलो शक्ति नभएपनि महान् विचार र ऐतिहासिक लक्ष्यका कारण परिवर्तन सम्भव भएको उनले बताए । जनयुद्धका कारण नेपाली क्रान्तिले गुणात्मक उचाइ प्राप्त गरेको उनको दाबी छ ।

    प्रधानमन्त्री प्रचण्डले बेथानका सहिदहरु तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनका परिवारलाई सम्मान गरेका छन् । साथै, सहिद स्मारकको उद्घाटनसमेत गरिएको छ ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend