Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

म सदासदाका लागि नेपालीको साथमा छु : पूर्वराजा शाह


१९, पुस २०८०
  • 151
    SHARES
  • म सदासदाका लागि नेपालीको साथमा छु : पूर्वराजा शाह

    भैरहवा। पूर्वराजा ज्ञानेन्द्र शाहले आफू सदासदा नेपालीका साथमा रहेको बताएका छन् । उनले आफू अन्त कतै नगएको बताए । नागरिक अभिनन्दन समारोह मूल समिति–२०८० रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै शाहले यस्तो बताएका हुन् ।

    उनले भने, ‘नेपालीहरुको सुख, दुःख, सुविधा, असुविधा, बाधा पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु ।’ पूर्वराजा शाहले आफू नेपालभित्रै रहेको बताए । उनले भने, ‘म बोलिरहेछु । देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना पोखिरहेको छु । म कतै गएको छैन । ’

    उनले बुद्ध जन्मेको देश, सगरमाथाको देश, सुन्दर, अति मनोरम, यतिका सम्पदा, कतिकति मूल्य मान्यता र सभ्यता भएर हामी कताकता हराइरहेको बताए। 

    देशमै उत्पादन उद्यम, इमल सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्ने उनले बताए । तर के कस्तो विधि बदल्ने वा कसरी अगाडि बढ्ने भन्दै हामी आफैंले तय गर्नुपर्ने उनले बताए ।

    देश जर्जर भएको र बेरोजगारी, शैक्षिक कमजोरीका कारण लाखौं युवाहरु विदेश जानुपरेको उनले बताए । देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर युवा जमात बाहिरिएको र यस्तो अवस्थाको अन्त्य हुनैपर्ने उनको भनाइ छ ।

    समाज कानून र व्यवस्था बिना अस्तित्वमा रहनु नहुने उनले बताए । अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्ने उनले बताए । आफू मात्र सही, आफू मात्र ठीक भन्न छाड्नुपर्ने भन्दै पूर्वराजा शाह भने, ‘आऊँ, हामी सबै एक ठाउँमा उभियौं ।’

    विगतको सबै दुःख बिर्सिन र घृणाको आगो मिलेर निभाउन आग्रह गर्दै पूर्वराजा शाह भने, ‘अब भाँच्चिएको टुक्राहरु जोडिदे। उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने ? पहिले अन्याय, अत्याचार मुक्त गरिदेऊ । अनुहार फेरी फेरी षड्यन्त्र नगर । त्यस्ता चालबाट आफूलाई बचाइदेऊ ।’

     

     

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend