बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ऐतिहासिक जीतगढी किल्ला नेपाली सेनाद्धारा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा शुक्रवार बोल्दै जितगढी किल्ला र आसपासका क्षेत्र समेटेर पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो।
उहाँले संघ सरकारले आवश्यक कानुन र अधिकार प्रदेशलाई समयमै नदिदाँ समस्या भइरहेको बताउनुभयो। मुख्यमन्त्री चौधरीले सघीयताको रक्षा र प्राप्त उपलब्धिको रक्षाका लागि संविधान कार्यान्वयनका लागि संघ सरकारको ध्यानाकर्षण गराउन राष्ट्रपतिलाई अनुरोध गर्नुभयो ।
संविधान कार्यान्वयन नहुदाँ काम गर्न कठिनाई पर्न गएको बताउदैँ अहिले देखिएको परिस्थितिले मुलुक कुन दिशातिर अगाडि बढन खोजेको हो ? भन्ने आशङका ब्यक्त गर्नुभयो ।
मुख्यमन्त्री चौधरीले नेपाली सेनाको विरताको गाथालाई सम्पुर्ण नेपालीले मनबाटै नेपालीपनको रुपमा लिनुपर्ने तर्क उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो ‘हामीले इतिहासलाई खोज्यौँ भने आफुँहरु विजय भएको अनुभुति गर्न सक्छौँ’। जितगढी किल्लाले सम्पुर्ण लुम्बिनीवासीहरुलाई मनदेखि नै दृढ बनाउने काम गरेको उहाँको भनाइ छ ।