Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कर्मचारीलाई संघमै थुपारेर संघीयताको असल अभ्यास हुन सक्दैन : डा.देवकोटा


२४, पुस २०८०
  • 141
    SHARES
  • कर्मचारीलाई संघमै थुपारेर संघीयताको असल अभ्यास हुन सक्दैन : डा.देवकोटा

    काठमाडौँ । राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले दलहरूले स्थानीय तहको फोहोर सफा गर्नुपर्नेमा झन् फोहोर गरेको आरोप लगाउनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बोल्दै देवकोटाले सो आरोप लगाउनुभएको हो ।

    स्थानीय तहमा कर्मचारीको समस्या रहेको भन्दै उहाँले कर्मचारी २ वर्ष पनि नटिकेको दुखेसो पोख्नुभएको छ। ‘हिजो गाविस सचिवले पनि चलाएका थिए।

    अहिले ३० करोड रकम पालिकामा पठाए पनि पालिका किन चल्न सकेको छैन ? हामी एउटा प्रमुख प्रशासकीय अधिकृत पठाउन नसक्नुको कारण के हो ? समस्याको गाँठो कहाँ छ ?’ उहाँले प्रश्न उठाउनुभयो ।

    कर्मचारीको समायोजन गर्दा स्थानीय तहमा ६७ हजार ७ सय १९ चाहिन्छ भने पनि दरबन्दी ४१ हजार मात्रै राखने काम भएको उहाँले बताउनुभयो । त्यहीबाट कर्मचारीको समस्या देखिएको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘सङ्घीय सरकारले प्रदेशलाई कर्मचारी पठाउन सक्दैनौँ भनेर किन नभन्ने ? सङ्घलाई ४८ दरबन्दी आवश्यक भएको ठाउँमा ५३ हजार पुगिसक्यो। सङ्घमा दरबन्दी बढाउने प्रदेशमा कर्मचारी अभाव हुने भएपछि यो गाँठो फुकाउनुपर्छ ।’

    अधिकार, कर्मचारी र सङ्घमै थुपारेर सङ्घीयता असल अभ्यास हुन नसक्ने उहाँले बताउनुभयो । देवकोटाले कर्मचारीतन्त्रमा जहाँ पनि भ्रष्टाचारको जालो रहेको भन्दै उहाँले सुशासनमा कर्मचारीलाई कडाइ गर्नुपर्ने बताउनुभयो।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend