Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बालविवाहको अन्त्य गर्न विवाह लाइसेन्सको व्यवस्था गरौँ : नेत्री आरजु 


२६, पुस २०८०
  • 153
    SHARES
  • बालविवाहको अन्त्य गर्न विवाह लाइसेन्सको व्यवस्था गरौँ : नेत्री आरजु 

    काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको तर्क उल्लेख गर्नुभयो ।

    बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी नेत्री राणाले यस्तो बताउनुभएको हो। सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

    उहाँले विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्न सके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने उल्लेख गर्नुभयो ।

    उहाँले विवाह गर्नको लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरू आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने बताउनुभयो। उहाँले यसका लागि वडा तहदेखि कानूनी रूपमा नीति बनाउन आवश्यक रहेको तर्क राख्नुभयो ।

    विवाह अगाडि सबै प्रक्रिया पुर्‍याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले धेरै देशहरूमा विवाहअगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको उल्लेख गर्नुभयो ।

    उहाँले बालविवाह, महिला हिंसा, बलात्कारजस्ता विकृतिहरू रोक्नको लागि कानून नै एक मात्र विकल्प हुनसक्ने तर्क राख्नुभयो ।

    उहाँले भन्नुभयो,‘हाम्रो समाजमा विवाह दर्ता गर्ने प्रचलन छ। विवाह दर्ता गरेन भने कतिपय कुराहरू हामीले पाउँदैनौँ। विवाहको लागि लाइसेन्स लिने राम्रो हुन्छ। यो वडामा नै ल्याउन सकिन्छ। यो एउटा चलन किन सुरु नगर्ने त ?’

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend