काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीति भन्दा माथि राखेर सबैको साझा बनाउनुपर्ने बताउनुभएको छ ।
राप्रपाले शुक्रबार आयोजना गरेको चियापान कार्यक्रममा लामिछानले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई सबैले सम्मान गर्नुपर्ने र उहाँलाई राजनीति भन्दा माथि राखेर सबैको साझा बनाउनुपर्ने बताउनुभएको हो ।
राजनीतिक दलहरुबीच मतभेद रहेपनि चियापान कार्यक्रमले भेटभावका साथै सद्भावको वातावरण बनाउने उहाँले बताउनुभयो । उहाँले राष्ट्रनिर्माताप्रति सम्मान प्रकट गर्न पनि चियापान कार्यक्रममा आएको जिकिर गर्नुभयो ।