Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा शुभकामना


१, माघ २०८०
  • 377
    SHARES
  • माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा शुभकामना

    बुटवल। नेपालीहरुको माघे संक्रान्ति तथा माधी पर्वको अवसरमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले शुभकामना सन्देश जारी गरेका छन।

    हाम्रो समाजलाई यस पर्वले सांस्कृतिक, सामाजिक, पर्यावरण तथा स‌द्भावपूर्ण एकताका माध्यमबाट बृहत राष्ट्रिय एकतामा बाँधिन सहयोग पुयाएको भन्दै उनले विभिन्न समुदाय बीचको सम्वन्धलाई यस्ता मौलिक पर्वले जीवन्तता दिनु गर्वको कुरा रहेको उल्लेख गरे।

    धेरै जसो चाड पर्वहरु प्रकृतिसँग जोडिएको बताउदै उनले माघे संक्रान्ति तथा माघी पर्व पनि सुर्य उत्तरायण हुने परम्परासँग जोडिएको हुनाले प्रकृतिको संरक्षण तथा सम्वर्द्धनमा मानव समुदाय समर्पित हुनु पर्ने सन्देश दिएको उल्लेख गरे ।

    उनले प्रकृति र मानव सम्बन्ध विकास नै आजको दिगो विकास रहेको बताए। माघे संक्रान्ति तथा मकर संक्रान्तिलाई नेपालका विभिन्न समुदायले आ-आफ्नो परम्परा अनुसार मनाउँदै आएका छन् । थारु समुदायले विशेष रुपमा माघी पर्वलाई नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्दछन् । यो उनिहरुको विशेष पर्व हो ।

    यसैगरि मगर समुदायमा पनि यस दिनलाई तीरको निशाना लगाउने खेल र कृषि बालीहरुको पूजा तथा उपभोग गरेर नयां वर्षका रुपमा मनाउँदै आएका छन् ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend