Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमालेको केन्द्रिय सदस्य छाडेर माओवादीमै फर्किए खड्का


१, माघ २०८०
  • 228
    SHARES
  • एमालेको केन्द्रिय सदस्य छाडेर माओवादीमै फर्किए खड्का

    बुटवल । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाका पूर्वसदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्का ‘उज्ज्वल’ नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।

    प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खड्कालाई अर्घाखाँचीमा पार्टीमा स्वागत गरेका हुन् ।

    नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा जेल परेपछि पूर्वराष्ट्रिय सभा सदस्यसमेत रहेका खड्का फेरि माओवादीमै फर्किएका हुन् । उनी माओवादी र एमाले बिच एकता टुटेपछि टोपबहादुरसँगै एमालेमै बसेका थिए ।

    माओवादी केन्द्र अर्घाखाँचीका इन्चार्ज ठाकुर विकले आज खड्कासहित एमाले, काँग्रेस र विप्लव नेतृत्वका पार्टीबाट कार्यकर्ता माओवादीमा प्रवेश गरेको बताए ।

    खड्का यसअघि माओवादी अर्घाखाँचीको इन्चार्जसमेत भएर काम गरेका थिए । उनले आफू फेरि मूल घरमा आएको प्रतिक्रिया दिएका छन् ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend