Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सहि संरचनाले भूकम्पबाट बच्न सकिन्छ : मन्त्री गुरूङ


२, माघ २०८०
  • 562
    SHARES
  • सहि संरचनाले भूकम्पबाट बच्न सकिन्छ : मन्त्री गुरूङ

    काठमाडौं । शहरी विकास मन्त्री सीता गुरूङले भूकम्पबाट बच्न भूकम्पीय जोखिमलाई थेग्न सक्ने संरचना बनाउनुको विकल्प नभएको बताउनु भएकोछ ।

    मंगलबार २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै मन्त्री गुरूङले गाउँ–गाउँमा समेत स्थानीय श्रोत र प्रविधिको प्रयोग गरेर भूकम्पीय जोखिम न्यूनीकरण गर्ने गरी संरचनाहरू बनाउन सकिने बताउनुभयो । सरकारले भवन निर्माण संहिता र मापदण्ड जारी गरेर लागू गरेको भन्दै मन्त्री गुरूङले त्यसको कार्यान्वयनमा  सबैले जोड दिनुपर्ने  बताउनु भयो ।

    ‘सरकारले राष्ट्रिय भवन संहिता र मापदण्ड जारी गरेको छ । अहिलेसम्म त्यसको कार्यान्वयनमा स्थानीय तहले धेरै चासो दिएको अवस्था छैन,’ मन्त्री गुरूङले भन्नुभयो, ‘यदि स्थानीय तहले त्यसको पूर्ण कार्यान्वयन गर्ने हो र स्थानीय श्रोत साधन तथा प्रविधिको उच्च उपयोग गर्ने हो भने भूकम्पीय जोखिमलाई कम गर्न सकिन्छ । हाम्रो पूर्वाधार हाम्रै ज्यानको असुरक्षाको आधार बन्न पाउँदैनन् ।’

    भूकम्प जुनसुकै बेला पनि आउनसक्ने भएकाले सबै खालको पूर्वतयारी रहेको उहाँको  भनाइ छ । ‘भूकम्पबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबैले सतर्कता अपनाउन आवश्यक छ भन्दै ‘राष्ट्रिय भवन संहिता र मापदण्डको अनिवार्य पालना गर्ने र स्थानीय श्रोतसाधनको उपयोग गर्ने हो भने भूकम्प थेग्ने संरचना खडा गर्न सकिन्छ ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend