Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रिय सभा जनताद्वारा फालिएकालाई थुपार्ने डस्बिन बन्यो : अध्यक्ष राउत


२, माघ २०८०
  • 129
    SHARES
  • राष्ट्रिय सभा जनताद्वारा फालिएकालाई थुपार्ने डस्बिन बन्यो :  अध्यक्ष राउत

    काठमाडौं। जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य डा. सिके राउतले सत्तारुढ गठबन्धन निर्वाचनका लागि नभएको बताएका छन् । वर्तमान सत्ता गठबन्धन सरकार बनाउनका लागिमात्रै भएकाले आफूहरुले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार उठाएको उनले बताए । 

    सोमबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उपयुक्त उम्मेदवार दिएर जनमतले संविधानको मर्मलाई न्याय गरेको बताए । उनले उम्मेदवार उठाउनु दलको धर्म पनि भएको बताए । उनले उपराष्ट्रपति निर्वाचनमा समेत संविधानको मर्मअनुसारको पात्र नभएकाले आफूहरुले उम्मेदवार दिएको बताए ।

    ‘हामीले आफ्नो धर्म निर्वाह गरेका हौं । राजनीतिक पार्टीमा निर्वाचन भएपछि हामीले त्यहाँ उम्मेदवार दिन सक्नुपर्छ । त्यो हामीले दिएका हौं । अब जित हार भन्ने कुरा आफ्नो ठाउँमा छँदैछ ।’ उनले भने, ‘तर, हामीले जहिले पनि उपयुक्त उम्मेदवार दिएका छौं । उपराष्ट्रपति निर्वाचनमा बृहत सेन्टिमेन्ट थियो । महिला उम्मेदवार हुनुपर्छ । तर, त्यहाँ गठबन्धनबाट पुरुषलाई जिताउने हर्कत गरियो । हामीले त्यहाँ महिला उम्मेदवार दियौं ।’

    साथै, राष्ट्रिय सभा जनताद्वारा फालिएकाहरुलाई ब्यवस्थापन गर्ने डस्बिन बनेको उनको टिप्पणी छ । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलहरुले संविधानले परिकल्पना गरेको समानुपातिक समावेशिताका आधारमा उम्मेदवार नउठाएको उनको आरोप छ । अहिलेको राष्ट्रिय सभा निर्वाचमा मधेशी, थारु उम्मेदवारहरु नउठाएपछि आफूहरुले मधेशबाट मधेशीलाई र लुम्बिनी प्रदेशबाट थारु पात्रलाई उम्मेदवार बनाएको बताए ।

    ‘राष्ट्रिय सभाको निर्वाचनमा जुन तरिकाले उपयुक्त पात्रहरु आउनुपर्ने थियो, राष्ट्रिय सभा निर्वाचन भनेको जंक बक्स त होईन । डस्बिन त होईन, फालिएका पात्रहरुलाई ल्याएर थुपार्ने ।’ उनले भने, ‘तर, अहिले के देखियो भन्दाखेरी जुन पराजीत भइुकेका थिए, फालिएका थिए, तिनीहरुलाई व्यवस्थापन गर्ने थलोका रुपमा राष्ट्रिय सभा बन्यो ।’

    उनले आफूहरु सत्ता वा प्रतिपक्षमा जहाँ बसेपनि सत्यलाई साथ दिने बताए । सत्यलाई साथ दिनुनै आफ्नो नैतिकता रहेको उनले बताए । गठबन्धन भने पनि तीन जना नेतामात्रै बस्छन् । सबै निर्णय गर्छन् । अरुलाई जानकारीको बोधार्थमात्रै गर्छन् । त्यस्तो निर्णयको जिम्मेवारी हामी लिन सक्दैनौं भनेर हामीले सुरुदेखि नै भन्दै आएका छौं ।

    वर्तमान सत्ता गठबन्धनका दलहरुलाई जनमतको कार्यशैली मन नपरेको खण्डमा आफूहरु सरकारबाट बाहिरिन तयार रहेको उनले बताए । उनले आफूले प्रधानमन्त्रीलाई गठबन्धनमा केही अप्ठ्यारो भए आफूहर सरकार छाड्न तयार रहेको जानकारी गराएको समेत बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतमतको कार्यशैलीबाट सरकारलाई कुनै अप्ठ्यारो नरहेको जवाफ दिएको उनको भनाइ छ ।

    ‘हामीले यो पनि भन्दै आएका छौं– तपाईँलाई मन परेको छैन भने भन्नुस् हामी गठबन्धनबाट बाहिरिन तयार छौं । पदमा, कुर्सीमा टासिइराख्ने होईन । हामीले पटक– पटक भनेका छौं ।’ उनले भने, ‘केही दिन अगाडि मैले प्रधानमन्त्रीलाई १२ बुँदे ज्ञापनपत्र दिएको थिएँ । स्पष्ट रुपमा लेखेको थिएँ– हामी गठबन्धनबाट जतिसुकै बेला पनि निस्कन तयार छौं, अप्ठ्यारो तपाईँहरुलाई छ भने ।’

     

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend