Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

श्रृङ्खलावद्ध ‘काँग्रेस सम्वाद कार्यक्रम’ गरिँदै


३, माघ २०८०
  • 154
    SHARES
  • श्रृङ्खलावद्ध ‘काँग्रेस सम्वाद कार्यक्रम’ गरिँदै

    बुटवल । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ ले श्रृङ्खलावद्ध ‘काँग्रेस सम्वाद कार्यक्रम’ गर्ने निर्णय गरेको छ । क्षेत्रीय समितिको बुधबार बुटवलमा बसेको कार्यसमिति बैठकले श्रृङ्खलावद्ध ‘काँग्रेस सम्वाद कार्यक्रम’ सहितका विभिन्न निर्णय गरेको हो ।

    क्षेत्रीय सभापति प्रजापाल गिरीको सभापतित्वमा बसेको बैठकले प्रजातन्त्रबादी चिन्तन बोकेका भिन्नभिन्न तह र तप्का, पेशा, बर्ग र क्षेत्रका नागरिकसंग संवाद कार्यक्रम तय गरेको हो ।

    काँग्रेस सम्वाद नामाकरण गरिएको उक्त कार्यक्रम श्रृङ्खलावद्ध रुपमा सञ्चालन गर्ने र पहिलो चरणको लागि तीन महिने तालिका पारित गरिएको क्षेत्रीय सचिव विमलराज भट्टराईले जानकारी गराउनु भयो ।

    काँग्रेस सम्बाद कार्यक्रम माघको २० गतेदेखि शुरु हुनेछ । पहिलो सम्वाद निर्वाचन क्षेत्र भित्रका संस्थागत बिद्यालय तथा कलेजमा प्राध्यापन गराउने शिक्षक र प्राध्यापकका बिच हुने सहसचिव मिलन थापाले बताउनु भयो ।

    उक्त कार्यक्रम सम्पन्न गर्न क्षेत्रीय सदस्य दीपक रायमाझी संयोजक र कृष्ण चौहान क्षेत्रीलाई सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ । त्यसपछि फाल्गुण १९ गते सरकारी सेवाबाट निबृत्त कर्मचारी संग सम्वाद गरिने छ ।

    चैत्र ३ गते प्राइभेट स्तरका बित्तीय संस्थाका कर्मचारीसंग र चैत्र १७ गते लेखक, साहित्यकार र श्रष्ठाहरुसंग काँग्रेस सम्वाद गरिने सहसचिव संगिता अर्याल गौतमले बताउनु भयो ।

    पार्टी भित्र र पार्टी बाहिर रहेका सबै तह र तप्काका आवाजलाई मुखरित गर्दै पार्टी भित्र सबैको अपनत्व, सामुहिक एकता र सांगठनिक दृष्टिकोण निर्माण गर्न सम्वाद उपयुक्त हुने भएकाले कार्यक्रम तय गरिएको उपसभापति खड्कबहादुर महतले बताउनु भयो ।

    बैठकमा प्रदेश २(क) का उपसभापति चिन्तामणी भुसाल, कोषाध्यक्ष हिमाल गैरे, सदस्यहरु टेकबहादुर रेश्मी, कर्णबहादुर टण्डन, अनिता खत्री, अदिल खान, पुरन शाही, मिना जिसी, सुवास रायमाझी, बिबेश पुरी लागायतले बोल्नुभएको थियो ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend