Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

श्रम आप्रवासन नीतिको प्रारम्भिक मस्यौदामाथि छलफल


४, माघ २०८०
  • 120
    SHARES
  • श्रम आप्रवासन नीतिको प्रारम्भिक मस्यौदामाथि छलफल

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम आप्रवासन नीतिको प्रारम्भिक मस्यौदामाथि सरोकारवाला निकाय र व्यक्तिसँग सुझाव सङ्कलनका लागि अन्तरक्रिया गरेको छ ।

    मन्त्रालयले बुधबार आयोजना गरेको कार्यक्रममा श्रममन्त्री शरतसिंह भण्डारीले आन्तरिक र बाह्य रोजगार मर्यादित बनाउनका लागि पहलकदमी लिन सरकारले उक्त नीति बनाउन लागेको बताए ।

    साथै उनले आन्तरिक तथा बाह्य आप्रवासन समस्यालाई व्यवस्थित गर्न तदारुकताका लागि र आगामी पञ्चवर्षीय योजनामा रोजगार प्रवद्र्धनका लागि नीतिको आवश्यकता औल्याए ।

    कार्यक्रममा सचिव केवलप्रसाद भण्डारीले कार्यदलबाट आएका सुझाव समेटी मस्यौदालाई थप परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गर्दै नीतिमा स्वास्थ्य र सामाजिक सुरक्षालाई मूल आधार बनाउन मन्त्रालय प्रयन्तरत रहेको उल्लेख गरे ।

    सो अवसरमा विभिन्न सरोकारवाला निकाय र व्यक्तिले मस्यौदाका विभिन्न प्रावधानमाथि आफ्ना धारणा र सुझाव दिएका थिए । श्रम मन्त्रालयले श्रम विज्ञ डा. गणेश गुरूङको संयोजकत्वमा श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन कार्यदल गठन गरेको थियो । कार्यदलले श्रम आप्रवासन नीतिबारे सरोकारवालासँग छलफल गर्न सुरु गरेको छ ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend