बुटवल । प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सम्हाल्ने छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई तोकेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनमा सहभागी हुन युगान्डा प्रस्थान गरेका छन् ।
उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतार एअरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा भट्टराईले आज बिहान जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले सम्हाल्ने उल्लेख छ ।