Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मधेस अधिकारका लागि आन्दोलन गर्छौः सिके राउत


५, माघ २०८०
  • 137
    SHARES
  • मधेस अधिकारका लागि आन्दोलन गर्छौः सिके राउत

    काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेश आन्दोलनको १७ वर्ष पूरा हुँदा पनि मधेशी जनताले अधिकार नपाएको भन्दै आन्दोलनमा होमिने चेतावानी दिएका छन् ।

    प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा मारिएका रमेश महतोको बलिदानीको सम्झनामा सिरहाको लहानस्थित शहिद रमेश महतोको शालिकमा माल्यार्पण र श्रद्धाजली दिदै उनले आन्दोलनका लािग जनमत पार्टी तयार रहेको बताउँदै त्यसका लागि मधेशी जनता पनि तयार हुनुपर्ने बताए ।

    ‘रमेश महतो सहादत दिएको १७ वर्ष वित्यो । संघीयता आयो । तर अधिकार पाएनौं । विभेद पनि कायमै छ । त्यसैले जनमत पार्टी संघर्षका लागि तयार छ ।

    मधेशी जनता पनि तयार हुनुपर्छ ।’उनले भने‘मेचीदेखि महाकालीसम्म २२–२४ जिल्लाको समग्र मधेश एक प्रदेशका लागि आन्दोलन भएको थियो’, अध्यक्ष डा राउतले भने, ‘तर ८ जिल्लामा सिमित गरियो ।’ उनले हरेक ठाउँमा विभेद कायम रहेको र जनमत पार्टी मात्र विरोध गर्दै आएको बताए ।

    डा. राउतले न्यायाधिश नियुक्ति र राष्ट्रियसभामा उम्मेदवार चयनमा समेत विभेद गरिएको बताए । मधेशबाट भोट लिने तर मधेशीलाई कतै ठाउँ नदिने दलहरुको प्रवृत्ति देखिएको उनको भनाइ छ ।

    उनले भने, ‘न्यायाधिश नियुक्तिको पनि हामीले विरोध गरेका छौं । राष्ट्रियसभामा पनि उम्मेदवार उठाएका छौं । अब आन्दोलनको विकल्प छैन् । हरेक माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।

    तराई मधेसमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरणमा विगत पाँच वर्षदेखि मधेस प्रदेश सरकारले हरेक माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । माघ ५ गते सिराहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेसका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend