बुटवल । माघ १ गते अर्घाखाँची स्थित जिल्ला समन्वय समितिको सभाहलमा मानिसहरुको संख्या खचाखच थियो । उपस्थितीले हल भरिभराउ देखिन्थ्यो ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वयद्धारा राजनीतिक एवं वैचारिक प्रशिक्षण आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यताको उत्साह भन्दा थप उल्लास थियो, जनयुद्धका चर्चित कमाण्डर आफ्नै पुख्र्यौली घर फर्किन लागेको परिवेशले । हल एकछिन गन्जयमान बन्यो, कतिपयले अग्रज घर फर्किएको खुसीमा आँसु नै झारेको दृश्य देखिन्थ्यो ।
२०६४/०७० सालमा भएको निर्वाचनमा माओवादीबाट उठेका टोपबहादुर रायमाझीले जित्न अवस्थाको पर्दा पछाडिका कमाण्डर उज्ज्वल २०७४ सालको निर्वाचनताक एमाले माओवादी बिच भएको गठबन्धन पछि विभाजित भयो। सो क्रममा माओवादी कतिपय नेताहरु एमालेमा आउँदा रायमाझीसँगै चन्द्रवहादुर खड्का ( उज्ज्वल ) पनि एमालेतिर आए ।
यसले माआवादी पार्टी अर्घाखाँचीमा भुँइचालो नै गयो । अर्थात् पार्टी कमजोर हुँदै गएको जिल्लाका माओवादी नेताहरुले महसुश गर्दै गएका बेला माघ १ गतेको दृश्यले माओवादीमा फेरी नयाँ जोस र परिवर्तनको खुसी छायो ।
एमालेमा रहेर ०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा टोपवहादुर रायामाझीलाई अर्घाखाँचीबाट पुनः भारी मतले जिताउन उज्ज्वलकै हात रहेको त्यसबेला चर्चा चुलिएको थियो । तर एमालेमा रहेका उनी एकाएक फेरी आफ्नै घर फर्किएपछि चियाचौतारादेखि सामाजिक सञ्जाल तातियो ।
उज्ज्वललाई पार्टीका केन्द्रिय अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले स्वागत गरे । तत्कालिन समयमा एमालेतिर लागेका उज्ज्वलको राष्ट्रियसभा सदस्य पद समेत गुम्न पुगेको थियो ।
राजनीतिमा चतुर र अनुभवी उज्ज्वलले २०७९ को स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा कांग्रेस, माओवादीसहित ५ दलीय गठबन्धन बन्यो । एमालेबाट रायमाझी, प्रदेशसभामा चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे उम्मेदवार दोहोरिए ।
गठबन्धन र एमालेको मतसंख्या अनुमानित गर्दा करिब ८ हजारले एमाले उम्मेदवार पछाडी परेको अंक गणितीयलाई चिर्दै चुनावी नतिजामा १७३० मतान्तरले रायमाझीलाई जिताउन उनकै प्रतिफल रहेको चुनावी बृतमा सुनिन्थ्यो ।
उज्ज्वल चुनावी कमाण्डर भएकाले रायमाझी, आचार्य र घिमिरले विजयीको अविरले रंगिने मौका पाए । जसले गर्दा यसको जस एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले पाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट सम्मानित भए ।
चेतनारायणले मन्त्री हुने सुवर्ण अवसर पाए । अहिले जिल्लामा बाहुल्यता हुनुको कारण उनकै देन थियो । तर मुल्यांकनको प्याराग्राफमा अवमुल्यन भयो र त्यसरी नै उनको मन चिढिदै गएको उनका सहकर्मी नेताहरुको बुझाई छ ।
यस कारण फर्किए पुरानै घर ?
एमालेले पहिले जिल्ला इन्चार्जको जिम्मेवारी दिएको भएपनि पछि जिम्मेवारीबाट हटाएर पालिकामा झार्यो । सहइन्चार्ज रहेका चेतनारायण आचार्यलाई दाङको इन्चार्ज पद सुम्पियो ।
सो कार्य थप उनि निरिह बने। उज्ज्वलको पुरानै घर फर्किएको घटनाले भुटानी शरनार्थी प्रकरणमा हाल जेलमा रहेका रायमाझी पुनः माओवादीमा फर्किने आँकलन जिल्ला नेताहरुमा बढ्दै गएको छ ।