काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले रोजगारीको खोजीमा गएका युवा विदेशी भूमिमा मारिनु र तिनको शव स्वदेश ल्याउन नसक्नु लज्जाको विषय भएको प्रतिक्रिया दिनुभएकाे छ।
शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले सरकार अनावश्यक कुरामा अलमलिनुभन्दा युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नुपर्ने बताउनुभयाे ।
‘हाम्रा युवाहरू रूस–यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौँको संख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठूलो राष्ट्रिय लज्जा र चिन्ताको विषय हो!’ उहाँले लेख्नुभएकाे छ,
‘सरकार बाह्र सत्ताइसका कुरा गरेर बस्नु र आफ्नु अनुहार हेरेर आफै रमाएर बस्नुभन्दा एकसूत्रीय रूपमा देशमै युवाहरूलाई सम्मानजनक र आयमूलक रोजगारी सिर्जना गर्न लागी परोस्।’ उहाँले जनताको पक्षमा काम गर्न सुझाव दिनुभयाे । नत्र समयले कसैलाई नपर्खिने उनको भनाइ छ।