Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सहकारी पिडीतहरु मर्कामा पर्दा सरकारले बेवास्ता गर्न मिल्दैन : सभापति लामिछाने


६, माघ २०८०
  • 159
    SHARES
  • सहकारी पिडीतहरु मर्कामा पर्दा सरकारले बेवास्ता गर्न मिल्दैन : सभापति लामिछाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पिडीतहरुको पैसा सरकारले तिर्नुपर्ने बताउनु भएको छ ।

    चितवनमा सहकारी पिडितहरुसंगको भेटघाट तथा अन्तरकृया कार्यक्रममा उहाँले सहकारी खोल्न सरकारले लाईसेन्स दिने सहकारीका सदस्यहरु मर्का पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताउनुभयो ।

    साहारा सहकारीवाट ग्यालेक्सी टेलिभिजन संचालनको लागि पैसा लगेको कुरा आए पछि लामिछानेले चितवनका सहकारी पिडितहरुसंग भेट गर्नुभएको हो ।

    सभापति लामिछानेले आफु टेलिभिजनमा रहँदा कुनै पनि सहकारी वाट पैसा लिएको कुरा आफुलाई थाहा नभएको भन्दै सहकारी पिडितहरुको पक्षमा आफु रहेको बताउनुभयो । 

    उहाँले टेलिभिजनमा रहदा कार्यक्रम चलाउने समाचार बनाउने जिम्मेवारी पाएको मान्छे टेलिभिजनको लगानी गर्ने जिम्मेवरी तहमा नभएको र टेलिभिजनमा रहदा संचालनको लागि कुनै पनि सहकारीवाट पैसा ल्याउने निर्णय पनि नभएको बताउनु भयो । 

    उहाँले सवाल चितवनका सहकारी पिडितको मात्र नभइ देशैभरका सहकारी पडितहरुको पक्षमा काम गर्न डा.स्वर्णीम वाग्लेको संयोजकत्वमा समाधान सहितको प्रतिबेदन तयार पारेको जानकारी दिनुभयो ।

    करिव २ सयको हाराहारीमा जम्मा भएका सहकारी पिडितहरुले सहकारीमा पैसा डुबेको कारण औषधी उपचार लगाएत खान समस्या भएको गुनासो गरेका थिए । 

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend