Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस स्याङ्जाको जिल्ला सम्मेलन भोली,सभापति देउवाले उद्घाटन गर्नुहुने


९, माघ २०८०
  • 294
    SHARES
  • कांग्रेस स्याङ्जाको जिल्ला सम्मेलन भोली,सभापति देउवाले उद्घाटन गर्नुहुने

    वालिङ । नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सम्मेलन माघ १० गते बुधबार हुने भएको छ । सम्मेलनलाई सभापति शेरबहादुर देउवाले उद्घाटनसहित सम्बोधन गर्नुहुने छ। 

    पहिलो सम्मेलनमा सहभागी हुन उप–सभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उप–सभापति एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा स्याङ्जा आउने कार्यक्रम तय भएको छ ।

    सह–महामन्त्री जीवन परियार, नेता गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य शेखर कोइराला, केन्द्रीय सदस्य तथा नेपाल सरकार गण्डकी प्रदेश ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारी, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतका नेता स्याङ्जा आउनुहुने छ ।

    स्याङ्जा कांग्रेसका सभापति तथा प्रतिनिधिसभाका सांसद राजु थापाले पहिलो सम्मेलन सफल पार्न विभिन्न उप–समिति गठन गरिएको बताउनुभएको छ ।

    सम्मेलनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा विशेष भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई विशेष सम्मान गरिने सभापति थापाले बताउनुभयो ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend