Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अब चुनाव कुर्न सक्दैनौं फागुनबाट आन्दोलनमा जान्छौँ : अध्यक्ष लिङदेन


९, माघ २०८०
  • 159
    SHARES
  • अब चुनाव कुर्न सक्दैनौं फागुनबाट आन्दोलनमा जान्छौँ : अध्यक्ष लिङदेन

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ०८४ सम्म आफ्नो दलले सरकारले गरेका गलत कामहरु हेरेर बस्न नसक्ने बताउनुभएको छ ।

    मंगलबार काठमाडौंमा विभिन्न मिडियाका सम्पादकहरुसँग कुराकानी गर्दै पूर्व मन्त्रीसमेत रहेका लिङ्देनले आफ्नो दलले चुनाव कुर्न नसक्ने भन्दै फागुनबाट आन्दोलनमका जाने घोषणा गर्नुभएको छ ।

    ‘हामी चुनाव कुर्न नस्कने भयौँ। देशको अवस्था झन् झन् बिग्रँदै गइरहेको छ। नेतृत्वले सुध्रिन चाहेन’, उहाँले भन्नुभयो, ‘देशको अवस्थामा कुनै सुधार भएन। अब हामी फागुनबाट आन्दोलनमा जान्छौँ।’

    अध्यक्ष लिङ्देनले चुनाव कुर्न नसकेको प्रसंगलाई गलत भाष्यका रुपमा ब्याख्या नगरिदिन पनि सम्पादहरूलाई आग्रह गर्नुभएको छ । उहाँले भने ‘गलत नबुझिदिनुहोला। तर हामी आन्दोलनमा जानै पर्ने भयो’, उहाँले भन्नुभयो, ‘गलत भाष्य नबनाइदिनुहोला।

    हामीले पुरानो व्यवस्थामा फर्किने भनेका छैनौँ। पछाडि फर्किने कुरा छैन।’राप्रपाले हिन्दू राज्य पुर्नस्थापना र राजसंस्थाको पुनर्रवाहलीका लागि फागुनबाट आन्दोलनमा जाने निर्णय यसअघि नै गरिसकेको छ ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend