दाङ । लुम्बिनीका १ सय ९ पालिकाका २ सय १८ जनप्रतिनिधिहरुले मतदान गर्दैछन् । बिहान ठिक ९ बजे लुम्बिनीका मुख्यमन्त्री डिल्लीवहादुर चौधरीले पहिलो मतदान गरेर राष्ट्रिय सभा निर्वाचनको शुरु गर्नुभएको हो ।
विहीबार बिहान ९ बजेदेखि मतदान शुरु भएर दिउँसो ३ बजेसम्म मतदान हुने प्रदेश निर्वाचनको कार्यालय दाङले जनाएको छ ।