काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्य निर्वाचन बहिष्कार गर्नुभएको छ ।
राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी रहँदा उहाँ काठमाडौंमै हुनुहुन्छ । उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगिसक्नुभएको छ ।
मेयर शाह हेटौंडा नजानुभएको बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले बताउनुभयो। राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता छन्।