झापा । शहरी विकास मन्त्री सिता गुरुङले झापा दमकमा निर्माणको अन्तिम चरणमा रेहेको दमक भ्यू टावरको शुक्रबार अनुगमन गर्नु भएको छ ।
अनुगमनको क्रममा मन्त्री गुरुङले सम्झौता बमोजिम आयोजना सम्पन्न गरि टावरलाई प्रयोगमा ल्याउन निर्देशन दिनु भएकोछ ।
सघन शहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख सुदिप पोडेलले निर्माणको अन्तिम चरणमा रहेको भ्यूटावरको मन्त्रीज्यूको निर्देशन बमोजिम चाडो भन्दा चाडो सम्पन्न गरेर उद्धघाटन गर्ने तर्फ आयोजना अग्रसर रहेको बताउनुभयो ।
अनुगमनमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठज्यू, सघन शहरी तथा भवन निर्माण आयोजना झापाका कर्मचारीहरू र निर्माण व्यवसायीको समेत उपस्थिती रहेको थियो ।