Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पत्रकारिता क्षेत्रको सुधारका लागि सरकारको सहयोग रहन्छ : उपप्रधानमन्त्री खड्का


१३, माघ २०८०
  • 156
    SHARES
  • पत्रकारिता क्षेत्रको सुधारका लागि सरकारको सहयोग रहन्छ : उपप्रधानमन्त्री खड्का

    काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रको व्यावहारिक र नीतिगत सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
         
    पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ को आज विमोचन गर्दै उहाँले पत्रकारिता क्षेत्रले नागरिक सचेतना अभिवृद्धि, सार्वजनिक सेवा प्रवाहमा सुदृढीकरण र मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा पैरवी गर्दै महत्वपूर्ण उपलब्धि हासिल गर्न योगदान दिएको बताउनुभयो ।
         
    उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “पत्रकारितालाई सही गोरेटोमा हिँडाउन सक्नुपर्दछ, त्यसका लागि हामी सबैको सामूहिक दायित्व पनि हो, पत्रकारिता क्षेत्रमा व्यावहारिक र संस्थागत सुधारका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता छ, यसका लागि नीतिगत र संरचनागत सुधारका सम्बन्धमा सरकारबाट सधैँ साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।”
         
    उहाँले नेपालको पत्रकारिता क्षेत्रलाई संस्थागत विकास र उच्च व्यावसायिक अभ्यास गराउने मूल दायित्व नेपाल पत्रकार महासङ्घको भूमिका अग्रणी र महत्वपूर्ण रहेको भन्दै यसका लागि सरकारले पनि आवश्यक सहयोग गर्ने बताउनुभयो ।
         
    उपप्रधानमन्त्री खड्काले जहानियाँ राणाशासनकालदेखि सुरु भएको नेपाली पत्रकारिताले राणाशासनविरुद्ध जागरण ल्याउनुका साथै, एकदलीय पञ्चायतविरुद्धको अभियान हुँदै बहुदलीय प्रजातन्त्र स्थापना तथा हालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका साथै विकास र समृद्धिको यात्रामा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो ।
         
    उहाँले भन्नुभयो, “पत्रकारिता आवाजविहीनको आवाज एवं समाजको ऐना भएकाले लोकतन्त्रलाई समुन्नत र नागरिकलाई सुसूचित गराउने सन्दर्भमा यसको महत्वपूर्ण भूमिका छ र यो आगामी दिनमा पनि कायम रहन्छ भन्ने मेरो विश्वास छ ।”
         
    उहाँले राज्यका अन्य क्षेत्रजस्तै पत्रकारिता क्षेत्रको पनि आफ्नै मूल्य, मान्यता, सिद्धान्त र आदर्श छवि हुने उल्लेख गर्दै यसले नागरिकको भरोसा अभिवृद्धिमा सहयोगसिद्ध हुनुपर्ने धारणा राख्नुभयो ।

    “यदाकदा पत्रकारिता क्षेत्रमासमेत अरु क्षेत्रको जस्तै कमीकमजोरी देखिने गरेको छ, पत्रकारले सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार प्रवाह गर्ने मूल दायित्वबाट विचलित नभई  न्यायका पक्षमा सतिसालजस्तो उभिनुपर्छ”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो ।
         
    उपप्रधानमन्त्री खड्काले फल्स फ्रन्ट पेज पुस्तकले सञ्चार क्षेत्रको विश्लेषण, घटनाक्रम, सत्यता, आवेग, अर्कै नियतबाट गरिने राजनीति, कुनै घटनाक्रमलाई राजनीतिक उद्देश्यबाट गरिने प्रवृत्तिलगायत सवाललाई उल्लेख गरेको पुस्तक समाजको तमाम विषयको एक ऐनाका रुपमा रहेको उल्लेख गर्नुभयो ।

    उहाँले व्यावसायिकरुपमा देखिएको गलत अभ्यासबाट सच्चिएर जिम्मेवार पत्रकारिताको विकास गर्न पुस्तक सहयोगसिद्ध हुने बताउनुभयो । 

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend