Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ज्येष्ठ नागरिकको अनुभवले हामीलाई अघि बढ्न प्रेरणा मिल्छ : सभामुख घिमिरे


१७, माघ २०८०
  • 175
    SHARES
  • ज्येष्ठ नागरिकको अनुभवले हामीलाई अघि बढ्न प्रेरणा मिल्छ : सभामुख घिमिरे

    झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाज अघि बढाउन ज्येष्ठ नागरिक अनुभव महत्वपूर्ण हुने बताउनुभएको छ ।

    बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था, विर्तामोड वडा नं ७ र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै उहाँले समाज निर्माणका लागि महत्वपूर्ण हुने बताउनुभयो ।

    “ज्येष्ठ नागरिकको राजनीतिक, सामाजिक, आर्थिक अनुभवले हामीलाई अघि बढ्न प्रेरणा, हौसला र मार्ग मिल्छ”, उहाँले भन्नुभयो ।

    सो अवसरमा उहाँले  बिर्तामोड–७ स्थित शहीद नेत्र स्मृतिपार्कको विकासका लागि पहल गर्नेसमेत प्रतिबद्धता जनाउनुभयो । हात्ती प्रभावित उक्त क्षेत्रमा हात्ती नियन्त्रणका लागि सोलार फेन्सिङ निर्माणका लागि रू दुई करोड बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । 

    कार्यक्रममा प्रदेशसभा सदस्य एकराज कार्की, बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाइँ, सुन्दर निचाझोडाका वनका अध्यक्ष बद्री प्याकुरेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अतिथिहरुले यहाँका दुई सय ४० जना ज्येष्ठ वुद्धवृद्धालाई न्यानो कपडा ब्ल्याङ्केट वितरण गर्नुभएको थियो ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend