बुटवल । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधयेकको विषय सहमतिकै आधारमा टुंगो लगाउने गरी आफू क्रियाशील रहेको बताउनुभयो ।
‘मैले प्रमुख तीन दलका तीन नेताहरूलाई नैं यो तपाईहरूको विषय हो भन्दै आएको छु,’ उहाँले भन्नुभयो ।सकभर सहमति नभए प्रक्रियामा गएर भएपनि टीआरसी विधेयक अबको अधिवेशनबाटै टुंगो लाग्ने मन्त्री गुरुङको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेर्ने बताएपनि कांग्रेस उपसभापतिसमेत रहेका गुरुङले भने अहिले परिवर्तन गरिहाल्ने परिस्थिति नभएको स्पष्ट पार्नुभयो ।
नेपाल प्रेस युनियन रूपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले भन्नुभयो, ‘सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही ठिक छ । तर, मन्त्रीहरूको पर्फमेन्स चाहिँ देखाउनुपर्छ भन्ने भएको छ ।
गुरुङले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा भएको ‘क्रसभोट’ले गठबन्धनभित्र तरंग ल्याए पनि यसले खासै असर नपार्ने बताउनुभयो । ‘कोशीमा यसअघि पनि यस्तै भएको थियो ।
मन्त्री गुरुङले देशको आर्थिक संकट तंग्रिँदै गएको बताउँदै श्रीलंकाजस्तो अवस्था पुग्ने भनेर गरिएका प्रचार अनावश्यक भएको बताउनुभयो । ‘देशको अर्थतन्त्र लयमा फर्किँदै छ । हिजोको जटिलता हटिसक्यो अब अफ्ठ्यारो परिस्थिति छैन,’ उहाँले भन्नुभयो ।