Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

खेलकुद क्षेत्रको बिकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री खड्का


१८, माघ २०८०
  • 193
    SHARES
  • खेलकुद क्षेत्रको बिकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री खड्का

    काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको बिकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।

    बिहीबार ललितपुरमा तेश्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता उद्घाटन गर्दै खड्काले खेलाडीहरुको उत्साहित र प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको बिकासका लागि तीनै तह मिलेर काम गर्नुपर्ने बताउनुभएको हो । 

    मुलुकको नाम राख्ने खेलाडीहरुको उत्पादन जरुरी रहेकाले खेलाडीहरु लगायत पूर्वाधारको बिकासका लागि सरकारले बिशेष ध्यान दिने उहाँले बताउनुभयो । उहाँले सरकारको बजेट निर्माणका क्रममा पनि खेल क्षेत्रलाई बिशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

    नेपाल कराते महासंघको तत्वाधन एवंम जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा सुरु प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल एपीएफ क्लब गरी १० टिमका २ सय बढि खेलाडीहरुको सहभागिता रहेको छ । 

    टिम च्याम्पियनले १ लाख तथा उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् भने पुरुष/महिलामा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend