काठमाडाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रीक र भ्रष्ट सरकार भएको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले वर्तमान सरकार गैरकानूनी, वेतिथीसंग चल्ने अलोकतान्त्रीक र भ्रष्ट सरकार भएको बताउनुभएको हो ।
उहाले सरकारकै कारण राजनीतिक, सांस्कृतिक, आर्थिक र सामाजिक क्षेत्र नै तहसनहस भएको धारणा राख्नुभयो । त्यस्तै अध्यक्ष ओलीले गठबन्धनले जित्ने नदेखेर प्रधानमन्त्रीले हस्तक्षेप गरेर स्काउटको सम्मेलन रोक्न निर्देशन दिएको भन्दै आपत्ती जनाउनुभयो ।
स्काउटको सम्पती कांग्रेसले बल देखाएर लुटेर खाइरहेको उहाले आरोप लगाउनुभयो । उहाले अदालतको आदेश बिपरित स्काउटको सम्मेलन स्थगीत गर्ने बिषयमा प्रधानमन्त्रीसंग पनि जिज्ञासा राखेको र मिलाएर लैजाने जवाफ पाएको बताउनुभयो । रेडक्रश, गैर आवासीय नेपाल संघ लगाएतका संस्थामा समेत गठबन्धन सरकारले हस्तक्षेप गरेको उहाले बताउनुभयो ।
अध्यक्ष ओलीले बित्तिय संस्थाहरुले एकलौटीरूपमा व्याज बढाएर ऋणीहरुलाई समस्यामा पारेको उल्लेख गर्नुभयो । उहाले सर्वसाधारणले पैसा राख्दा सस्तो व्याज दिनेले ऋण लगानी गर्दा धेरै व्याज लिन नमिल्ने बताउनुभयो ।