Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

घरघरमा पुगेर बिरामी पहिचान गरी क्षयरोग निर्मुल पारौँ : स्वास्थ्यमन्त्री बस्नेत


१९, माघ २०८०
  • 144
    SHARES
  • घरघरमा पुगेर बिरामी पहिचान गरी क्षयरोग निर्मुल पारौँ : स्वास्थ्यमन्त्री बस्नेत

    ललितपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले क्षयरोग थाहा पाउन प्रत्येक घरघरमा पुगेर बिरामी पहिचान गरी रोग निर्मुल पार्न सुरु गरिएको अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । 

    सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा आज आयोजित ‘क्षयरोग मुक्त नेपाल अभियान’अन्तर्गत दोस्रो चरणको कार्यक्रमको शुभारम्भ गर्दै उहाँले रोग उन्मूलन गर्न सर्वप्रथम रोग थाहा पाउनुपर्ने बताउनुभएको हो । 

    “क्षयरोग निर्मुलका लागि तीन वर्षअघिदेखि सुरु भएको यो अभियानमा यस वर्ष थप एक सय वटा पालिका थपिएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीबाट सुरु भएको यो अभियानमा प्रत्येक घरघरमा पुगेर क्षयरोगका बिरामी पहिचान गरी निर्मुलमा ध्यान दिन आग्रह गर्दछु । रोगको निदानका लागि जनचेतना नै महत्वपूर्ण हो, यसका लागि सरकारका तीनै तह एक आपसमा मिलेर काम गर्नुपर्छ”, मन्त्री बस्नेतले भन्नुभयो । 

    मन्त्री बस्नेतले रोग लागेपछि औषधि उपचार गर्नेभन्दा पनि जनचेतना जगाएर रोग नै लाग्न नदिने कुरामा ध्यान दिनुपर्नेमा जोड दिनुहुँदै कुपोषणको सिकारबाट नागरिकलाई बचाउन ध्यान दिनुपर्ने बताउनुभयो । 

    उहाँले क्षयरोग निर्मुलका लागि सङ्घीय र प्रादेशिक सरकारभन्दा स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुन्छ भन्ने प्रष्ट पार्नुभयो । नेपालले भ्याक्सिन मागेर भए पनि कोभिडका विरुद्धमा लडेर विजय प्राप्त गरेको बताउनुहुँदै उहाँले यसका लागि लाग्ने सबैलाई धन्यवाद दिनुभयो ।

    स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता मिश्र कौशलले मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत क्षयरोगबाट हुने गरेको बताउनुहुँदै समुदायको सहभागितामा यसको निर्मुल सम्भव छ भन्ने धारणा राख्नुभयो । 

    उहाँले क्षयरोगको निदान गर्न उपचारका लागि निरन्तर लगानी वृद्धि आवश्यक छ भन्नुहुँदै स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि पनि विभागले निरन्तर काम गर्ने बताउनुभयो । 

    क्षयरोग निर्मुलका लागि गैरसरकारी संस्था, समुदाय, सञ्चार क्षेत्रको साझेदारी आवश्यक छ भन्नुहुँदै उहाँले यो महत्वपूर्ण भएको र समाजमा विभेदको स्थितिको अन्त्यका लागि सामाजिक जागरण पनि चाहिने धारणा राख्नुभयो ।

    राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले अभियानका विषयमा प्रस्तुतीकरण गर्नुहुँदै प्रतिवर्ष दुई सय २९ जना क्षयरोगका बिरामी भेटिने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । 

    यो रोग निर्मुलका लागि स्थानीय तहलाई जिम्मेवार बनाएर रोगको पहिचान गरी उपचारको दायरामा ल्याउने उद्देश्य रहेको बताउनुहुँदै उहाँले बागमती, मधेस र लुम्बिनी प्रदेशमा क्षयरोगका बिरामी बढी देखा परेको बताउनुभयो ।
       
    चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले यो अभियानलाई स्थानीय तहको नीति, योजना, बजेट र कार्यक्रममा प्राथमिकतामा राखेर सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend