Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

समुदायमा कांग्रेस अभियानको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न


१९, माघ २०८०
  • 216
    SHARES
  • समुदायमा कांग्रेस अभियानको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रोल्पा । नेपाली कांग्रेस रोल्पाको आयोजनामा समुदायमा कांग्रेस अभियान अन्तर्गत बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। नेपाली कांग्रेस रोल्पाका जिल्ला सभापति किशोर कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व उपसभापति,पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री माननीय बिमलेन्द्र निधि रहनुभएको थियो ।

    भने कार्यक्रमको विशिष्ट अतिथीमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन रहनुभएको थियो। अतिथीमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह-महामन्त्री खगराज पाण्डे,नेपाली कांग्रेस दाङ जिल्लाका पूर्व सभापति तथा समुदायमा कांग्रेस अभियानका केन्द्रिय रोल्पा जिल्ला प्रतिनिधि कृति बहादुर खड्का,नेपाली कांग्रेस रोल्पाका पूर्व सभापतिहरु माधव प्रसाद आचार्य र कृष्ण बहादुर घर्ती लगायतको आतिथ्यता रहेको थियो।

    नेपाली कांग्रेस रोल्पाका उपसभापति कविता उपाध्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली कांग्रेस रोल्पामा आवद्ध  जिल्ला कार्यसमितिका पदाधिकारीहरु,क्षेत्रीय प्रतिनिधिहरु,पूर्व जिल्ला कार्यसमितिका पदाधिकारीहरु,गाउँपालिकाका सभापतिहरु,वडा सभापतिहरु,कार्यकर्ताहरु र नेपाली कांग्रेसको विभिन्न भातृ संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो।कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस रोल्पाका सचिव शेर बहादुर थापाले गर्नु भएको थियो।

    नेपाली कांग्रेस केन्द्रीय कार्य समितिद्वारा सञ्चालित समुदायमा कांग्रेस अभियानका लागि लुम्बिनी प्रदेशमा अनुगमनको लागि नेपाली कांग्रेसका पूर्व उपसभापति एवं पूर्व गृहमन्त्री माननीय बिमलेन्द्र निधिलाई खटाइएको छ।समुदायमा कांग्रेस अभियान नेपाली कांग्रेस रोल्पाको आयोजनामा सुशील कोइराला स्मृति भवन लिबाङ,रोल्पामा सम्पन्न भएको छ।

    नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको आयोजनामा माघ १३ गतेदेखि २६ गतेसम्म समुदायमा कांग्रेस अभियान सुरु भएको छ। अभियानलाई सफल बनाउन ७ प्रदेश ६ हजार ७ सय ४३ वटा वडामा प्रतिनिधिहरु खटाएका छन।

    सबै वडामा एकै पटक काँग्रेस(माघ १६ गते)समूदायमा जाऔं,जनताका कुरा सुनौं,देशब्यापी रुपमा संचालित अभियान भब्य रुपमा सफल पारौं भन्ने मुल नाराको साथ लुम्बिनी प्रदेशको १२ जिल्ला,१ सय ९ पालिका र ९ सय ८३ वडामा अभियान जारी रहेको छ।अभियान माघ २६ गते सम्पन्न हुने भएको छ।419019291_3577013052543270_5137901189492314549_n.jpg418954201_297229629646696_6830142205746374593_n.jpg

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend