Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जिबी राई गृहमन्त्री श्रेष्ठकै संरक्षणमा हुनसक्ने रमेश प्रसाईँको आशंका(भिडियोसहित)


२१, माघ २०८०
  • 198
    SHARES
  • जिबी राई गृहमन्त्री श्रेष्ठकै संरक्षणमा हुनसक्ने रमेश प्रसाईँको आशंका(भिडियोसहित)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता रमेश प्रसाईँले पार्टी सभापति रवि लामिछानेको ग्यालेक्सी फोर के टेलिभिजनमा कुनै पनि प्रकारको आर्थिक व्यवस्थापनको जिम्मेवारी नरहेको बताउनुभएको छ ।

    हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उहाँले सभापति लामिछानेले लगानी गरेर नभएर पसिना वापत (स्वेट शेयर) गुडविल शेयर लिएको बताउनुभएको हो ।

    लामिछानेको सहकारी ठगी प्रकरणमा कुनै पनि संलग्नता नरहेको बताउनुभएको छ । लामिछानेको कुनै पनि सहकारीमा बचतकर्ता र सदस्य नरहेको उहाँको दाबी छ । लामिछानेले सहकारीबाट कुनै पनि आर्थिक कारोबार नगरेर र प्रमाणसमेत अहिलेसम्म फेला नगरेको उहाँको दाबी छ ।

    आफूले लगानी गरेर शेयर नलिएको भएकाले कम्पनी रजिष्ट्रार्ड कार्यालयमा केवल कर्मकाण्ड पूरा गरिएको छ । गुडविल शेयरको प्रावधान प्रचलित कानुनमा नरहेकाले कर्मकाण्ड पुर्याएर रविले शेयर फिर्ता गरेका उहाँको दाबी छ । रास्वपा सभापति लामिछानेले सहकारी पीडितको न्यायका लागि निरन्तर लागिरहने बताउनुभएको उहाँको भनाइ छ ।

    ‘सहकारी पीडितहरुको पक्षमा सबैभन्दा बुलन्द आवाज उठाउने र सबैभन्दा दह्रो खुट्टा टेकेर सहकारी पीडितहरुको पक्षमा उभिने एकमात्रै राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी हो । सहकारी पीडितहरुको पक्षमा हामी निरन्तर उभिइरहन्छौं । सबैभन्दा दह्रोखरो भएर हामी उभिन्छौं ।

    सहकारी पीडकहरु जिबी राईमात्र नभएर अर्बैं सहकारी ठगी गर्ने, अपचलन गर्ने जोसुकै भएपनि, जहाँ कहीँ भएपनि राज्य संयन्त्र परिचालन गरेर कानुनी दायरामा ल्याउनुपर्छ र यस कार्यका लागि रास्वपाको पूर्ण सहयोग र समर्थन रहन्छ भन्नुभएको होईन रवि लामिछानेले ?’ उहाँले प्रश्न गर्नुभयो ।

    सहकारी ठगी प्रकरणमा जिबी राई पक्राउ नपरेको भन्दै उहाँले आक्रोश ब्यक्त गर्नुभयो। साथै, वर्तमान सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठकै संरक्षणमा जिबी राई त छैनन् भनेर उहाँले आशंका व्यक्त गर्नुभयो ।

    ‘आज जिबी राई किन पक्राउ पर्दैनन् । पक्राउ गर्ने दायित्व कसको ? नारायणकाजी श्रेष्ठको दायित्व हो जिबी राईलाई पक्राउ गर्ने । वर्तमान गृहमन्त्री र सरकारको दायित्व हो । तर, जिबी राई किन पक्राउ पर्दैनन् ।

    मलाई शंका लाग्छ– जिबी राई यही सरकारको पेरोलमा त छैनन् ? कतै जिबीराई गृहमन्त्री नारायणकाजी श्रेष्ठकै कतै प्रत्यक्ष, अप्रत्यक्ष संरक्षणमा त छैनन् ? ता कि रवि लामिछानेमाथि लगाइएका आरोपहरुलाई बल्झाइरहन पाइयोस् । जनतालाई मिस गाइड गरेर अल्झाइरहन पाइयोस्,’– उहाँले भन्नुभयो ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend