Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मन्त्रालयको पत्र र विज्ञप्तिप्रति बालेनको आक्रोश


२२, माघ २०८०
  • 139
    SHARES
  • मन्त्रालयको पत्र र विज्ञप्तिप्रति बालेनको आक्रोश

    काठमाडौँ । सहरी विकास मन्त्रालयले धरहराको निर्माण सम्पन्न नभइसकेकाले निःशुल्क पार्किङ रोक्न माघ १४ मा काठमाडौँ महानगरपालिकालाई पत्र लेख्यो । मन्त्रालयले महानगरलाई पठाएको पत्रमा निर्माण कार्य सम्पन्न नगरी भूमिगत पार्किङ सञ्चालन गर्दा थप सुरक्षा चुनौती हुन सक्ने जनाएको थियो ।

    सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाईको पत्रमा निर्माण सम्पन्न नगरी भूमिगत पार्किङ सञ्चालन गर्दा निसास्सिएर मानवीय क्षति समेत हुने सम्भावना देखिएको उल्लेख छ । 

    इकाईका अनुसार बाँकी रहेका कार्यहरू सम्पन्न गर्न बाधा व्यवधान समेत उत्पन्न हुने र निर्माण व्यवसायीबाट इकाईलाई आयोजना सम्पन्न भई हस्तान्तरण नभएको सन्दर्भमा निर्माण स्थलमा अनगिन्ती र अनधिकृत व्यक्तिहरू र सवारी साधनहरूको प्रवेशले निर्माण स्थलको सुरक्षामा थप चुनौती बढ्न गई निर्माण सामाग्रीहरूको टुटफुट एवं बनिसकेका संरचनाहरूमा क्षति हुन सक्ने र त्यसको जिम्मेवारी कसले लिने ? भन्ने विषय अन्योल रहेको छ ।423455128_720834126482917_6495072696214524339_n.jpgमाघ १४ को पत्र कार्यान्वयन नभएपछि मन्त्रालयले माघ १९ मा विज्ञप्ति निकालेर पार्किङ गर्ने कार्य हाललाई स्थगित गर्न भनेको छ । मन्त्रालयका प्रवक्ता बिनु बज्राचार्य कुँवरले जारी गरेको विज्ञप्तिमा निर्माणाधीन धरहराको भूमिगत पार्किङमा काठमाडौँ महानगरपालिकाले निर्माण व्यवसायी, मन्त्रालय, विभाग र आयोजनासँग कुनै समन्वय नै नगरी निःशुल्क पार्किङ सुविधा उपलब्ध गराएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।image-21.webpमन्त्रालयको परिपत्र र विज्ञप्तिपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आक्रोशित बन्नुभएको छ । ‘उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ?’ बालेनले भन्नुभएको छ ।

    ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’

    तत्कालीन प्रधानमन्त्री ओलीबाट ‘सेतो टावर’ उद्घाटन भएको स्मरण गराउँदै उहाँले भन्नुभयो, ‘सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, धरहरा निर्माण हुँदै छ । पार्किङ बन्द गर्नु ।’

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend