काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक मंगलबार (आज) बस्ने भएको छ । विहान १० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन बीपीनगर ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।