Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पूर्वमाओवादी नेता किरातीको संयोजकत्वमा ‘तेस्रो जनआन्दोलन समिति’ गठन


२३, माघ २०८०
  • 146
    SHARES
  • पूर्वमाओवादी नेता किरातीको संयोजकत्वमा ‘तेस्रो जनआन्दोलन समिति’ गठन

    काठमाडौं । पूर्व माओवादी नेता एवं मन्त्री गोपाल किरातीको संयोजकत्वमा ‘तेस्रो जनआन्दोलन समिति’ गठन भएको छ ।

    आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत गत माघ २० गते ललितपुरस्थित् किरात याक्थुङ चुम्लुङको भवनमा बसेको बैठकले कोशी प्रदेश नामाङ्कन खारेजी र पहिचानसहितको समाजवादका लागि समिति गठन भएको जानकारी गराइएको हो । उक्त समितिको संयोजक किराती रहेका छन् भने सदस्य सचिवमा कृष्ण चोङ्बाङ छन् ।

    ‘तेस्रो जनआन्दोलन समिति’ का सदस्यहरुमा विश्वेन्द्र पासवान, बुद्वराज लामा, बलदीप राई, रामनारायण पाल, चन्द्र श्रीशमगर, राम मगर, तिलक मगर, आशा तामाङ, रामभक्त कुरुम्बाङ, खगेन्द्र माखिम, एविराज आङ्देम्बे, दलमर्दन कामी, आरएन राई, सोविन थिङ, रेखराज राई, चेतन तुम्बाहाङ, डा. मित्र परियार र लोकेन्द्रराज थापा रहेका छन् ।gopal-kirati-ko-news-2-768x432.jpgब्राम्हणवादी सत्ताको अन्त्यका लागि तेस्रो जनआन्दोलन तयारीमा केन्द्रित रहँदै दलाल पुँजीवाद र भ्रष्टाचारी शासनलाई ध्वस्त पारेर पहिचान सुनिश्चित्ताको समाजवादी व्यवस्था स्थापना गर्ने समितिको राजनीतिक लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै, संविधानमा व्यवस्था भएको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीकरण, मौलिक हक, स्वतन्त्र परराष्ट्रनीति र भ्रष्टाचार अन्त्य, सुशासनका बाधक प्रमख तीन दल रहेको समितिको ठहर छ ।

    माओवादी, नेपाली कांग्रेस, नेकपा (एमाले) सहितका आलोपालो दल र शासकहरु नै प्रतिक्रान्तिको कारक तत्व भएको समितिले उल्लेख गरेको छ ।

    समितिले तीन ठूला दललाई जनआन्दोलन र मधेश आन्दोलनका उपलब्धी रक्षाका लागि सार्वजानिक आत्मालोचनासहित रुपान्तरणका लागि आग्रह गरेको छ ।

    अन्यथा दलित, श्रमिक तथा विस्थापितवर्ग, लिङ्ग, जातजाति, क्षेत्र एवं देशभक्तहरुको तेस्रो जनआन्दोलनको ज्वारभाटाले ध्वस्त पारिदिने उनीहरुको चेतावनी छ ।

    साथै, कोशीलगायत बागमती, गण्डकी, कर्णालीजस्ता प्रदेशका नामहरु खारेज गरी पहिचानको आधारमा नामाङ्कन गरिनुपर्ने उनीहरुको माग छ । 

    समितिका संयोजक गोपाल किरातीले ब्राम्हणवादी सत्ताको अन्त्य र पहिचानसहित समाजवादका लागि तेस्रो जनआन्दोलनको आवश्यकत्ता परेको बताए । उनले ब्राम्हण जनता र ब्राम्हणवादी सत्ता फरक भएको दाबी गरे ।

    कांग्रेस, माओवादी र एमालेको रवैया प्रतिक्राति र ब्राम्हणवादी भएको उनको आरोप छ । आफूहरुले तीन ठूला दललाई एकपटक सच्चिनुस् भनेर भनिरहेको उनले बताए । 

    आफूहरुले देशव्यापी रुपमा आन्दोलन चर्काउन चाहेको उनको भनाइ छ । उनले अब प्रतिक्रान्तिको भण्डाफोर गर्ने चेतावनीसमेत दिए । ‘देशभरि पहिचान र संमाजवादको आवश्यकताको संषर्घ चलिरहेको छ । 

    देशब्यापी शक्ति जुटेर यो काम अगाडि बढाउन र प्रतिक्रान्तिको जुन तयारी भइराखेको छ, त्यसविरुद्ध भण्डाफोर गर्न । भौतिक रुपमै गइहाल्ने हाम्रो तयारी चाहीँ भएको छैन,’– किरातीले भने । २०७४ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिचानको मुद्दा त्यागेर अन्यत्र गएपछि आफूहरु छुट्टिएको उनको भनाइ छ । 

    माओवादीका कार्यकर्ता, घाईते, सहिद परिवारको तहमा माओवादी विचार, भावना र संस्कार जिवितै रहेको उनको भनाइ छ ।तर, नेतृत्वको तहमा सबै खाओवादी भएको र प्रचण्ड ढेडू खाओवादी बनेको उनको टिप्पणी छ ।

    त्यसैगरी समितिका सदस्य सचिव कृष्ण चोङ्बाङले २०६२/०६३ सालको आन्दोलन र जनताले लेखेको संविधान लागू भइसकेपछि पनि विभेदहरु कायमै रहनु कल्पनाभन्दा बाहिरको कुरा भएको बताए । उनले विभेद र असमानता राज्य संयन्त्रबाटै लादिएको बताए । 

    त्यसको विरुद्धमा जनताहरु आन्दोलित भइरहेको र राजनीतिक नेतृत्वले पनि सोच्ने बेला आएको उनको भनाइ छ । ‘हामीले गर्वका साथ राम्रो संविधान लेख्यौं भनेर भन्यो । संविधान लागू हुँदा पनि विभेदहरु कायमै रहनु विडम्बना हो । तपाईँ हामीले कल्पना गरेको व्यवस्था आउन बाँकी नै छ,’– उनले भने ।

     

     

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend