Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आफुहरुको ध्यान लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रीत रहेको सभापति लामिछानेको भनाई


२३, माघ २०८०
  • 132
    SHARES
  • आफुहरुको ध्यान लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रीत रहेको सभापति लामिछानेको भनाई

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुहरुको ध्यान लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रीत रहेको बताउनुभएको छ ।

    रफत सञ्चार क्लवको १४ औं वार्षिकोत्सवका अवसरमा मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा सभापति लामिछानले देशमा कयौ नेता र दलहरुको जन्म भएपनि आफुहरुको ध्यान भने लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रीत रहेको बताउनुभएको हो ।

    जुनसुकै परिस्थीति आएपनि मुलुकको लोकतन्त्रको हरण नहोस् भनेर काम अघि बढाउने उहाँले बताउनुभयो । त्यस्तै सभापति लामिछानले संविधानको रक्षा र परिवर्तनको संस्थागतका साथै सरकारले ल्याउने कानूनहरुलाई ध्यानमा राखेर प्राथमिकताका आधारमा रास्वपाले सदनमा जिम्मेवार भएर भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो । 

    उहाँले आफ्ना बारेमा उठेका बिभिन्न प्रश्नहरुको सामना गर्न आफु तयार रहेको र आफुप्रतिको आरोप र लान्छानाप्रति आक्रोशित नभएको बरु यसले आफुलाई प्रष्ट पार्ने मौका पाएको जिकिर गर्नुभयो । 

    राजनीतिको सेवा र पत्रकारिताको सेवा एकैपटक सम्भव नहुने भन्दै पत्रकारितालाई राजनीतिबाट पर राख्न उहाँले सुझाव दिनुभयो ।

    कार्यक्रममा नेपाल टेलिभिजनका पत्रकार एवं पत्रकार महासंघका पूर्व उपाध्यक्ष दिलिप कुमार थापा मगर, पत्रकार शिव कुमार भट्टराई लगाएतलाई सम्मान गरिएको थियो । 

     

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend