Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चाडपर्वले विकृति र विसङ्गतिको अन्त्य गरी समतामूलक समाजको निर्माण गर्छ : अध्यक्ष नेपाल


२७, माघ २०८०
  • 153
    SHARES
  • चाडपर्वले विकृति र विसङ्गतिको अन्त्य गरी समतामूलक समाजको निर्माण गर्छ : अध्यक्ष नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा सबै समुदायले आफ्ना मौलिक परम्परागत चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । 

    अध्यक्ष नेपालले सोनाम ल्होछारका अवसरमा आज शुभकामना दिनुहुँदै विभिन्न जातजातिका समुदायले परम्परागत रुपमा मनाउँदै आएको पर्व संस्कृतिको जगेर्नाबाट समुन्नत समाज निर्माणमा सहयोग पुग्ने बताउनुभयो । 

    बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता रहेको नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी मुलुकमा एकापसमा पारस्पारिक सम्मान, सह अस्तित्व, सद्भाव र एकताको भावनालाई स्थापित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

    मानव सभ्यताको विकाससँगै जोडिएका सम्पूर्ण जातजातिका चाडपर्व, भाषा, साहित्य, कला, संस्कृतिले मुलुकलाई सांस्कृतिक रूपमा सम्पन्न बनाउने अध्यक्ष नेपालले उल्लेख गर्नुभएको छ ।

    समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसङ्गतिलाई अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने अध्यक्ष नेपालको शुभकामना सन्देशमा उल्लेख छ । 

    सामाजिक एकता अभिवृद्धि, राष्ट्रिय एकतालाई बलियो बनाउने यस्ता चाडपर्वले परम्परागत मौलिक पक्षका साथै राष्ट्रको गौरव बढाउने भएकाले सबै समुदायका सांस्कृतिक पहिचानको प्रवद्र्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । 

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend