Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मुलुक बचाउन संसदीय व्यवस्थाको अन्त्य र मृत्युदण्डको व्यवस्था आवश्यक : डा. दीक्षित


२७, माघ २०८०
  • 200
    SHARES
  • मुलुक बचाउन संसदीय व्यवस्थाको अन्त्य र मृत्युदण्डको व्यवस्था आवश्यक : डा. दीक्षित

    काठमाडौं । नागरिक अभियन्ता डा.सुन्दरमणि दीक्षितले कानूनमा मृत्युदण्डको व्यवस्था अनिवार्य हुँदै गएको बताउनुभएको छ।आज (शनिबार) रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार नियन्त्रण गर्न मृत्युदण्डको व्यवस्था गर्नुपर्ने र त्यसले गर्दा भ्रष्टाचार गर्न व्यक्ति डराउने बताउनुभयो ।

    सरकारले देश र जनताको पक्षमा भन्दा पनि आफ्नो लागि मात्रै काम गरिरहेको उहाँको दाबी छ । डा. दीक्षितले भुटानी शरणार्थी प्रकरणमा पनि निश्पक्ष छानविन नभएको भन्दै आक्रोश पोख्नुभयो । अहिलेको सरकारले एउटा फाइल खोल्ने र त्यसलाई केही समयपछि अर्को फाइल खोलेर ओभरल्यापिङ गरिरहेको बताउनुभयो । सरकारले सुरू गरेको भ्रष्टाचारविरोधी काम अहिलेसम्म कुनैपनि निश्कर्षमा नपुगेको उहाँको दाबी छ ।

    संसदीय व्यवस्थामा पैसा, गुण्डागर्दीको भरमा चुनाव जित्ने प्रवृत्ति रहेको छ । संसदीय व्यवस्था नै गलत भएको छ । नेपालको परिवेशमा संसदीय व्यवस्था नसुहाउने उहाँको दाबी छ । लोकतन्त्रमा अहिले ‘म’ तन्त्रको हाबी भइरहेको छ । भ्रष्टाचार अन्त्य गर्नका लागि संसदीय व्यवस्थाको अन्त्य र मृत्युदण्डको व्यवस्था गरिएको कानुन ल्याउनुपर्ने उहाँको भनाई छ।

    गगन थापाजस्तो नेताले समेत भ्रष्टाचारविरुद्धको अभियानमा केही गर्न नसकेको उहाँको दाबी छ । उहाँले गगनले संसद्मा र पार्टीका विभिन्न फोरमहरुमा भ्रष्टाचारविरुद्धमा बोलिरहेको भएपनि उनीभन्दा माथिल्ला नेताहरु भ्रष्ट भएका कारण उहाँको भ्रष्टाचारविरोधी आवाज सम्बोधन नभएको उहाँले बताउनुभयो ।

    कम्युनिष्ट पार्टीहरुले डेमोक्रेशी स्वीकार नगरेको उहाँको भनाई छ । देशमा डेमोक्रेशी स्वीकार गरेको नेपाली कांग्रेस अहिले भाइ माओवादी बन्दा डेमोक्रेशीमा खतरा बढेको उहाँले बताउनुभयो ।

    ‘यो डेमोक्रेशीमा बञ्चरो हान्ने पार्टी भनेको आजको दिनमा कांग्रेस नै हो । कांग्रेसले नै डेमोक्रेशी बचाउन पर्दथ्यो । आज त्यो कांग्रेस भाइ माओवादी भएर गयो, देउवाले डोहोर्याएर लगिरहेका छन् । कांग्रेस डेमोक्रेशीको खम्बा हुनुपथ्र्यो तर भाइ माओवादी भइरहेको छ,’– उहाँले भन्नुभयो ।

    जनताले दिएको मतका आधारमा कांग्रेसले शासन गर्न पाउनुपर्नेमा अहिले माओवादीले नेतृत्व लिइरहेको भन्दै उहाँले त्यसलाई पनि भ्रष्टाचारको रुपमा लिनुपर्ने बताउनुभयो । जनताको मतको कदर नहुनुपनि भ्रष्टाचारको रूपमा लिनुपर्ने डा. दीक्षितको भनाइ छ । आफूहरुले भ्रष्टाचारको विरोध गर्दा प्रतिगामीको आरोप सहनु परेको उहाँले बताउनुभयो । अहिलेका दलहरुकै कारण अहिले राजातिर लहर सुरू भएको उहाँको भनाई छ ।

     

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend