काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले आफूले नेतृत्व गरेको स्थानीय तहमा भ्रष्टाचार नै नरहेको बताउनुभएको छ ।
हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उहाँले धरानमा भ्रष्टाचार नरहेको र भ्रष्टाचार गरेको भेटेँभने लात्ताले भेटछस भनेर सबैलाई चेतावनी दिएको बताउनुभयो ।
साथै, निर्वाचित भएपछि आफूले जति काम कसैले नगरेको उहाँको दाबी छ । ‘अरुको हकमा त म बोल्न सक्दिँन ।तर, मैले जति काम त कसैले गर्यो जस्तो लाग्दैन,’– उहाँले भन्नुभयो ।
साथै, आफूले धरानलाई नम्बर वान स्थानीय तह बनाएको उहाँको दाबी छ । धरानलाई हेर्न दार्जिलिङ, सिक्किम लगायतका स्थानबाट मानिसहरु आउने गरेको उहाँको दाबी छ ।