Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विश्वको वर्तमान समस्या दक्षिणको मौलिक ज्ञानले समाधान गर्छ : प्रधानमन्त्री दाहाल


३, फागुन २०८०
  • 129
    SHARES
  • विश्वको वर्तमान समस्या दक्षिणको मौलिक ज्ञानले समाधान गर्छ : प्रधानमन्त्री दाहाल

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण एसियामा रहेको मौलिक ज्ञान प्रणालीमा स्थापित बौद्धिक सम्पदाले विश्वव्यापीरूपमा देखिएका वर्तमान समस्या समाधान गर्ने बताउनुभएको छ ।

    भारतीय विश्वविद्यालय सङ्घ (एआइयु)-उत्तर क्षेत्रका उपकुलपतिहरूको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले चिकित्सा शिक्षा, जीवनशैली र शान्ति स्थापनाजस्ता विषयमा दक्षिणको मौलिक बौद्धिक सम्पदाले विश्वलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    दक्षिणमा रहेका ज्ञानका स्रोतहरू विश्वव्यापी व्यवस्थामा योगदान पुर्याउनका लागि बैठक एवं सम्मेलन प्रस्थानविन्दु हुने उल्लेख गर्दै प्रधानमन्त्रीले विश्वव्यापी दक्षिणका लागि उच्च शिक्षा घोषणापत्र तयार गर्न महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    “हामीले आर्थिक मापदण्डका आधारमा दक्षिण र उत्तरबीच विभाजनलाई टाढा राख्नुपर्छ”, उहाँले भन्नुभयो, “बरु साझा आधारहरू खोजेर दक्षिण र उत्तरलाई जोड्ने तरिकाहरू खोज्नुुपर्छ ।” उहाँले उत्तर–दक्षिण जोड्ने घोषणापत्र लेख्न नेपालबाट काठमाडौँ विश्वविद्यालयले अगुवाइ गरिरहेको भन्दै यस्ता बौद्धिक कार्यले विश्वलाई नै सहयोग पुग्ने बताउनुभयो ।

    आफ्नो ३२ वर्षको इतिहासमा, काठमाडौँ विश्वविद्यालयले अन्तर्राष्ट्रियकरण र शैक्षिक कार्यक्रमहरूको विस्तारमा सराहनीय प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले पाँच हजारभन्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्नातक गराएकोप्रति खुसी व्यक्त गर्नुभयो ।

    विश्वविद्यालयको यसखाले पहलहरूले नेपालको शैक्षिक प्रस्तावहरूलाई मात्र नभएर अन्तर–सांस्कृतिक बुझाइ र सहकार्यलाई पनि बढावा दिएको उहाँले उल्लेख गर्नुभयो ।

    प्रधानमन्त्रीले आगामी शैक्षिक वर्षमा विश्वेश्वर योग अनुसन्धान संस्थानसँगको साझेदारीमा भारतको तिरुपतिमा प्रदान गरिएको योग विज्ञान र कल्याणमा स्नातक कार्यक्रमको साथमा काठमाडौँ विश्वविद्यालयले विदेशमा आफ्नो शैक्षिक कार्यक्रमहरू विस्तार गरेकामा बधाई दिनुभयो ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend