Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आर्थिक स्थायित्व र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध : प्रधानमन्त्री दाहाल


६, फागुन २०८०
  • 162
    SHARES
  • आर्थिक स्थायित्व र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध : प्रधानमन्त्री दाहाल

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको र सरकारले आर्थिक स्थायित्व एवं आन्तरिक रोजगारी सिर्जना हुनेगरी काम गरिरहेको बताउनुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

    मुलुकको अर्थतन्त्रका विद्यमान समस्या, बेरोजगारी, युवा पलायनका साथै चुरेको विनाशका बारेमा सांसद किरणकुमार शाहले प्रधानमन्त्रीलाई प्रश्न गर्नुभएको थियो ।

    जवाफमा प्रधानमन्त्री दाहालले अहिले अर्थतन्त्रका प्रायःसूचकहरु सकारात्मक रहे पनि केही क्षेत्रमा अझै चाप रहेको संसद्लाई जानकारी गराउनुभयो ।

    “अर्थतन्त्रमा देखापरेका चुनौती हल गर्दै समष्टिगत आर्थिक स्थायित्वमार्फत देशभित्रै आय र रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ ।

    सरकारले आन्तरिक उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “देशभित्रै रोजगारीका अवसर सिर्जनाका लागि आन्तरिक रोजगारी प्रवद्र्धन दशक अभियानको तयारी भइरहेको छ ।

    उत्पादनमूलक क्षेत्रमा प्राथमिकताका साथ लगानी वृद्धि गरी स्वदेशी श्रमको स्वदेशमा नै उपयोग गर्न सीप विकास तथा रोजगारी सूचना प्रवाहमा स्थानीय तहको सहभागिता वृद्धि गर्ने कार्यक्रमलाई अभियानका रुपमा अघि बढाइँदैछ ।”

    दक्ष जनशक्ति उत्पादनका लागि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान गठन गरिएको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

    त्यस्तै स्वरोजगार प्रवद्र्धनका लागि नवप्रवर्तनलाई सार्वजनिक निजी साझेदारीको अवधारणामा राष्ट्रिय अभियानकै रुपमा सञ्चालन गरी यसबाट ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ गृहकार्य भइरहेको उहाँको भनाइ छ ।

         

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend