Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गठबन्धनका कारण कांग्रेसको भोट प्रतिशत घट्दै गएको छ : डा.शेखर कोइराला


६, फागुन २०८०
  • 1,035
    SHARES
  • गठबन्धनका कारण कांग्रेसको भोट प्रतिशत घट्दै गएको छ : डा.शेखर कोइराला

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनका कारण कांग्रेसको भोटको प्रतिशत घट्दै गएको बताउनुभएको छ । 

    आइतबार काठमाडौंमा महासमिति बैठकमा सहभागी हुन आएका सदस्यका निम्ति आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले अहिले सरकारमा सहभागी हुँदा रमाइ रहेपनि यसका कारण कांग्रेसको भोटको प्रतिशत घट्दै गएकोप्रति गम्भीर हुन नसकेको बताउनुभएको हो ।

    देशैभर कांग्रेस कार्यकर्तामा गठबन्धनप्रति निराशा छाएको भन्दै महासमिति बैठकमा खुलेर यसबारे बहस गर्नुपर्ने उहाँले बताउनुभयो ।

    कोइरालाले अहिलेको निर्वाचन प्रणालीले कुनै पनि दललाई बहुमत दिन नसक्ने भएकाले निर्वाचन प्रणालीमा देखिएको समस्या समाधान गर्न कांग्रेसले पहल लिनुपर्ने धारणा राख्नुभयो । 

    निर्वाचन प्रणाली बदल्नका लागि अन्य दलहरुसंग छलफल गर्नुपर्ने उहाँको भनाइ छ उहाँले महासमितिको बैठकले १५ महाधिवेशनको सुनिश्चितता गर्नका लागि गम्भीर हुनुपर्ने बताउनुभयो । महासमिति लगतै महाधिवेशनको तयारी गर्नुपर्ने उहाँको भनाइ छ । 

     

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend