Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा


६, फागुन २०८०
  • 176
    SHARES
  • कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

    काठमाडौँ । नेपाली कांग्रेसले सोमबारबाट सुरु हुने महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

    कांग्रेस सूचना, संचार तथा प्रभार बिभागले आइतबार महासमिति बैठक स्थल ललितपुरको गोदावरीमा पत्रकार सम्मेलन गर्दै बैठकका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । 

    महासमिति बैठकको मुख्य कार्य पार्टीको नीति निर्माण गर्नु रहेको कांग्रेसले जनाएको छ । महासमितिको सोमबार दिउँसो पार्टी सभापतिले उद्घाटन गर्ने कार्यक्रम रहको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

    बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा प्रतिवेदन पेश गर्ने उहाँले बताउनुभयो ।

    त्यस्तै लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्ने विश्वकर्माले जानकारी दिनुभयो ।बैठकमा १६५ केन्द्रीय सदस्य, हरेक निर्वाचन क्षेत्रबाट एक हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृसंस्था तथा शुभेच्छुक संस्थाबाट ६९, महासमिति सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्ष महासमिति बैठकमा सहभागी हुने प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनुभयो ।

    बैठकका लागि करिव दुई करोडसम्म खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो । राजनीतिक स्थायीत्व, रुपान्तरण र नविनता, स्वतन्त्रता न्याय र समानता भन्ने मूल नाराका साथ सोमबाट सुरु हुने महासमिति बैठक फागुन १० गतेसम्म चल्ने कांग्रेसले जनाएको छ । 

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend