Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राजीनामा नदिए मन्त्री ज्वालालाई बर्खास्त गर्ने प्रधानमन्त्री दाहालको तयारी


७, फागुन २०८०
  • 181
    SHARES
  • राजीनामा नदिए मन्त्री ज्वालालाई बर्खास्त गर्ने प्रधानमन्त्री दाहालको तयारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घट्नामा दोषी देखिएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई जिम्मेवारीबाट मुक्त गर्ने तयारी गर्नुभएको छ ।

    मन्त्री ज्वाला उक्त घट्नामा दोषी देखिएको भनेर छानबिन समितिको प्रतिवेदन आउँदापनि प्रधानमन्त्रीले किन बर्खास्त नगरेको भनेर विषय संसद्मा समेत प्रवेश गरेपछि प्रधानमन्त्री दाहालले यस्तो तयारी गर्नुभएको हो ।

    सांसदहरुसँगको आइतबारको प्रश्नोत्तर कार्यक्रममा समेत प्रधानमन्त्री दाहालले छानबिन समितिको प्रतिवेदन बुझेपछि आवश्यक कारबाही गर्छु भनेर प्रतिबद्धता जनाउनुभएको थियो ।

    समितिले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदन हिजोको क्याविनेटमा प्रधानमन्त्रीले बुझिसक्नुभएको छ । प्रधानमन्त्री दाहालले मन्त्री ज्वालालाई राजीनामा दिन भनिसक्नुभएको छ ।

    तर, ज्वालाले छानबिन समितिको प्रतिवेदन आफूले पनि पाउनुपर्ने अडान लिएका छन् । आफ्नो पार्टीका मन्त्रीलाई हटाउन लागिएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री दाहालसँग रुष्ट छन् । रास्वपा, एमालेदेखि माओवादी केन्द्रका सांसदहरुले समेत मन्त्री ज्वालाको राजीनामा मागिसकेका छन् ।

    कतिसम्म भने माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पनि मन्त्री ज्वालाले पद छोड्दा नै राम्रो हुने भनेर हिजो सार्वजनिक रुपमा भनिसकेका छन् । प्रधानमन्त्री दाहालले आज माधव नेपालसँग छलफल गरेर मन्त्री ज्वालालाई बर्खास्त गर्ने तयारी गर्नुभएको छ । 

    रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले भन्नुभयो–‘भौतिकमन्त्री ज्वालाको विषयमा आज माधवजीसँग छलफल हुन्छ, उहाँले राजीनामा दिँदा राम्रो हुन्छ ।नत्र मैले आवश्यक कदम चाल्नुपर्छ ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend