Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शक्तिशाली देशहरुले पार्टी नै खोलेर नेपालमा हस्तक्षेप गर्न थाले : मोहन विक्रम सिंह


७, फागुन २०८०
  • 249
    SHARES
  • शक्तिशाली देशहरुले पार्टी नै खोलेर नेपालमा हस्तक्षेप गर्न थाले : मोहन विक्रम सिंह

    अर्घाखाँची । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले नेपालको राष्ट्रियता गम्भीर संकटमा परेको बताउनुभएको छ । प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।

    राष्ट्यि स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उहाँले अमेरिका लगायतका शक्तिशाली देशहरुले राजनीतिक पार्टी नै खोलेर नेपालमा हस्तक्षेप गर्न आइपुगेको दाबी गर्नुभयो । विगतमा यहाँका दलका नेताहरुलाई आफ्नो अनुकुल प्रयोग गर्दै आएकोमा अहिले पार्टी नै स्थापना गरेर नेपालमा हस्तक्षेप गर्न लगाएको सिंहले बताउनुभयो ।

    अमेरिकाले आफ्नो स्रोत साधनको प्रयोग गरेर आफ्नो अनुकुल काम गर्नका लागि राजनीतिक दलमा लगानी गरेको उहाँको दावी छ । ‘अहिले अमेरिकाको मुख्य प्रतिस्पर्धा चीनसंग छ, त्यसले गर्दा पनि उसले चीनलाई साईजमा राख्न नेपालको भूमि प्रयोग गर्न खोजिरहेको छ ।,‘यहाँको अस्थीरतामा खेलेर नयाँ दलमार्फत त्यो स्वार्थ पूरा गर्ने तयारीमा रहेको देखिन्छ ।’

    ‘देश अहिले गम्भीर संकटमा छ, गणतन्त्र धर्म निरपेक्षता लगायतका उपलब्धिहरु जोखिममा परेका छन ।’ उहाँले भन्नुभयो ‘प्रतिगमनकारीहरु अराजकता फैल्याएर प्राप्त उपलब्धिहरुलाई समाप्त पार्ने दाउमा छन्, त्यो सफल हुने सम्भावना छैन तर दलहरु सचेत हुनुपर्छ ।’

    वर्तमान अवस्थामा गठबन्धन भत्कने कुनै सम्भावना समेत नभएको बताउँदै उहाँले पाँच दलीय गठबन्धनले पाँच वर्ष सरकार चलाउने बताउनुभयो ।  साथै सिंहले विभिन्न घटनामा दोषी भ्रष्टचारीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुनेमा जोड दिनुभयो ।

     

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend