Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दा : अध्यक्ष ओली


७, फागुन २०८०
  • 128
    SHARES
  • गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दा : अध्यक्ष ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरसहकारी व्यक्तिहरूले सहकारीलाई ठगी धन्दा बनाएको बताउनुभएको छ।

    उहाँले गैरसहकारी व्यक्तिहरूले सहकारीमा प्रवेश गरेर नाफा कमाउने र ठगी गर्ने गर्ने गरेको बताउनुभएको हो।

    सोमबार काठमाडौँमा आयोजित पाँचौँ राष्ट्रिय सहकारी भेला-२०८० लाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सहकारीमा संकट आउनुमा पुँजीपतिले हात हाल्नु पनि प्रमुख कारण रहेको बताउनुभएको छ।

    ‘सहकारीमा आएको सङ्कट पुँजीपतिहरूले हात हाले ।पुँजीपतिले त एदोग व्यवसाय चलाउने हो सहकारी होइन । तर पुँजीपतिहरूले सहकारी चलाउने भनेर धन्दाको रूपमा अघि बढाउन थालेपछि बर्बाद हुने नै भयो’, उहाँले भन्नुभयो।

    सैद्धान्तिक हिसाबले भन्ने हो भने गरिब जनता र गरिब जनताको आर्थिक जीवन उकास्ने पक्षमा रहेका विचार र सङ्गठनहरू सहकारीको पक्षमा हुन्छन् । यतिबेला नेपालमा केही गैरसहकारी व्यक्तिहरू सहकारीमा प्रवेश गरे,उहाँले भन्नुभयो।

    जसलाई सहकारी चाहिएकै छैन, तिनीहरू सहकारीका नाममा प्रवेश गरे र जसले नाफा कमाउने शोषणकारी ठगी धन्दाको रूपमा सहकारीलाई प्रयोग गर्न खोजे’, ओलीले भन्नुभयो । ‘तिनीहरूले धेरै मान्छेलाई डुबाए । आफू बदनाम भए । केही मान्छेले पैसा कमाए होलान् । इज्जत गुमाए होलान् ।’

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend