Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

समतामूलक नेपाल निर्माणका लागि काँग्रेस प्रतिबद्ध : उपप्रधानमन्त्री खड्का


८, फागुन २०८०
  • 195
    SHARES
  • समतामूलक नेपाल निर्माणका लागि काँग्रेस प्रतिबद्ध : उपप्रधानमन्त्री खड्का

    काठमाडौँ । नेपाली कांग्रेसले निराशा बेच्दै काल्पनिक सपनाको हावाहुरीमा परिवर्तन उल्टाएर एकाधिकार लाद्न खोज्नु अधिनायकवाद भएको जनाएको छ । 

    ललितपुरमा जारी कांग्रेसको महासमिति बैठकमा मंगलबार उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएको नीति प्रतिवेदनमा अधिनायकवादीहरू रूपमा भिन्न देखिएता पनि सारमा लोकतन्त्र बिरोधी नै भएको र उनीहरूको प्राप्त उपलब्धिमा कुनै अपनत्व नरहेको समेत उल्लेख गरिएको छ ।

    भर्खरै स्थिरताको लय समात्दै गरेको लोकतान्त्रिक शासन व्यवस्थाको विरुद्धमा घृणाको राजनीति र त्यही घृणाको आवरणमा केही तत्वहरू फेरि अधिनायकवाद लाद्ने असफल दुष्प्रयास गरिरहेको उपसभापति खड्काले बताउनुभयो । 

    उहाँले राजनीतिक दल र सरकारको काम गर्ने तौरतरिका तथा शैलीप्रति आम नागरिकको गुनासो, असन्तुष्टि तथा चित्त दुखाइ रहेपनि यस्ता समस्यालाई व्यवस्थासँग जोडेर परिवर्तन विरुद्ध आवाज उठाउने काम गैरजिम्मेवार र असान्दर्भिक सोच भएको जिकिर गर्नुभयो ।

    अबको दिनमा कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूलभूत मान्यताको जगमा आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरी प्रभावकारी ढङ्गले प्रत्येक व्यक्तिको चासो, सरोकार, आवश्यकता र चाहनालाई सम्बोधन गर्न पार्टी प्रतिवद्ध रहने नीति प्रतिवेदनमा उल्लेख छ । 

    स्वास्थ्य शिक्षा जस्ता संविधानमा रहेका अधिकारहरुलाई स्थापीत गर्न कांग्रेसले पहलकदमी भूमिका निर्वाह गर्नुपर्ने उपसभापति खड्काले बताउनुभयो ।

    कांग्रेसको इतिहास र संविधानमा भएको व्यवस्था अनुरूप सार्वजनिक स्थलका अलावा निजी तथा धार्मिक एवं सांस्कृतिक स्थलहरूमा हुने जातीय विभेद अन्त्यका लागि कांग्रेसका सदस्यहरूले आगामी दिनमा नेतृत्वदायी भूमिका निर्माण गर्ने नीति तय गरिने उहाले बताउनुभयो ।

    उहाँले मधेशी दलित समुदायलाई पार्टीको केन्द्रीय समिति लगायतका राज्यक निकायमा सहभागिता बढाउन उत्प्रेरित गर्ने नीति तय गरिने धारणा राख्नुभयो ।

    त्यस्तै नीति प्रतिवेदनमा पार्टी स्थापनाकालदेखि अंगीकार गर्दै आएको विदेश नीतिक मार्गनिर्देशक सिद्धान्त तथा बी. पी. कोइरालाको सरकारले अख्तियार गरेको स्वतन्त्र विदेश नीतिलाई मूलमन्त्र मान्दै कांग्रेसले नेपालको राष्ट्रहित र राष्ट्रिय स्वार्थलाई उच्च प्राथमिकता दिँदै आएको र भविष्यमा पनि यही नीतिलाई निरन्तरता दिने उल्लेख छ । 

    उपसभापति खड्काले वी.पी. कोइराला लगायतका संस्थापक नेता र जनताको इच्छा, अपेक्षा र दृढता अनुरुप नयाँ युगले दिने नयाँ नयाँ समस्याको तर्कपूर्ण समाधान खोज्दै सभ्य, सुसंस्कृत तथा समतामूलक नेपाल निर्माणका लागि काँग्रेस प्रतिबद्ध रहेको जिकिर गर्नुभयो । 

     

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend