Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पार्टीको विचार र एजेण्डा स्पष्ट हुनुपर्छ : महामन्त्री थापा


९, फागुन २०८०
  • 189
    SHARES
  • पार्टीको विचार र एजेण्डा स्पष्ट हुनुपर्छ : महामन्त्री थापा

    ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावमा मतदातालाई रुखमै भोट हाल्ने वातावरण बनाउने बताउनुभएको छ । 

    ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्रमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै महामन्त्री थापाले आफ्नै सङ्गठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गरिनेमा जोड दिनुभयो ।

    “कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा स्वाभाविक हुनसक्छ, तर निर्वाचन पूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्नुपर्छ ।

    कांग्रेस महासमिति बैठकबाट पार्टीका सदस्य, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै भविष्यमा हुने आवधिक निर्वाचन आफ्नै ताकतमा एक्लै लड्ने छौँ र हाम्रो मतदातालाई कांग्रेसको चुनाव चिन्ह रुखमै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ ।” महामन्त्री थापाले भन्नुभयो ।

    उहाँले एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाका लागि कांग्रेसले निर्वाचन अगाडि गठबन्धनको नेतृत्व गर्नुपरेको बताउनुभयो । उहाँले गत निर्वाचनमा कांग्रेसले पाँच वर्षको लागि गठबन्धनसहित मत मागेकाले यो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलसँगको सम्झौता बमोजिम राजनीतिक इमानदारी प्रदर्शन गर्नेमा सचेत रहेको जानकारी गराउनुभयो ।

    थापाले संसद्भित्रको कांग्रेसको भूमिकालाई पनि त्यसै अनुरुप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुहुँदै पार्टीले भ्रष्टाचारमा, महिलामाथि हुने हिंसा, सामाजिक विभेद्, छुवाछुत लगायतमा शून्य सहनशीलताको नीति अङ्गीकार गर्नेमा जोड दिनुभयो । 

    “आदर्शका लागि जीवनपर्यन्त कठोर सङ्घर्ष गरेका, प्राण आहुति दिएका अथक योद्धाले जन्माएको पार्टी नेपाली कांग्रेसले कुनै पनि निर्णय गर्दा तीनै अग्रजको बलिदानलाई स्मरण गर्दै तत्काल कुनै अप्ठ्यारा र चुनौती आए पनि पार्टीले क्षति नै बेहोर्नुपरे पनि लोकतान्त्रिक मूल्यमान्यता, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र विधिको शासन लगायतका आधारभूत मान्यतामा कहिल्यै सम्झौता गर्ने छैनौँ ।”–उहाँले भन्नुभयो

    नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने यस्ता क्षेत्रगत स–साना कार्यले देशलाई समुन्नतितिर लान नै कांग्रेसको जनमुखी परिचय पनि स्वत : स्थापित गर्छ भन्नेमा कांग्रेसलाई गहिरो विश्वास छ भन्नुहुँदै सङ्घ र प्रदेशमा सरकार साझेदारी र स्थानीय तहको सरकारको नेतृत्व गरेको कांग्रेसले सेवा प्रवाहलाई चुस्त बनाउँदै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्यममा सुधार र सकारात्मक भविष्यको अनुभूति नागरिकलाई कसरी गराउने भन्नेमा पार्टीले गम्भीरतापूर्वक प्राथमिकता दिने जानकारी गराउनुभयो ।

    “हाम्रा समर्थक सुभेच्छुकको अपेक्षालाई पार्टीको विचार, नेतृत्व र कार्यशैलीबाट सम्बोधन गर्दै आशा र ऊर्जामा परिणत गर्नुपर्ने चुनौती छ । मूलत : पार्टीले लिने विचार र यसको नेतृत्वको छविका आधारमा नै यो पङ्तिले आफ्नो धारणा बनाउने हो ।

    सङ्गठन संरचना र सदस्य सङ्ख्याले तिनलाई खासै प्रभाव पार्दैन । यस्तो बेला पार्टीको विचार र एजेण्डा स्पष्ट हुनुपर्छ र उनीहरूसँग पार्टी नेतृत्वले नै संवाद गर्न अघि सर्नुपर्छ । तिनलाई आफ्ना एजेण्डा बुझाउनुपर्छ, मुलुकको अवस्थाका कारण सृजित कतिपय सीमाका बारेमा बताउनुपर्छ ।” उहाँले भन्नुभयो ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend