Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बालकुमारी घटनाको प्रतिवेदन सदनमा टेबुल गर्न एमालेको माग


११, फागुन २०८०
  • 153
    SHARES
  • बालकुमारी घटनाको प्रतिवेदन सदनमा टेबुल गर्न एमालेको माग

    काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले दुई जनाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सदनमा टेबुल गर्न माग गरेको छ । 

    प्रतिनिधिसभाको आजको बैठकको सुरुमा एमाले सांसद योगेशकुमार भट्टराईले उक्त प्रतिवेदन सार्वजनिक गर्न पनि माग गर्नुभयो ।

    “आयोगले उक्त घटनामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रीलाई दोषी ठहर गरेको छ भनेपछि पदमा वहाल रहन मिल्दैन, सुरक्षा निकायलाई कमाण्ड गर्ने गृहमन्त्रीले यसको नैतिक जिम्मेवारी लिनुपर्छ”, सांसद भट्टराईले भन्नुभयो, “आयोगको प्रतिवेदन सदनमा टेबुल गर्नुपर्‍यो । आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरेर सिफारिस कार्यान्वयन गर्नुपर्छ ।”

    उहाँले सरकार, मन्त्रालय, इपिएस कोरिया शाखाको लापरबाहीका कारण उक्त घटना हुन पुगेको बताउनुभयो ।युवाको विरोध प्रदर्शन भएको बेला भौतिक, पूर्वाधार तथा यातयात मन्त्री प्रकाश ज्वाला सोही बाटो हुँदै अगाडि बढेर आन्दोलनरत युवालाई थप आक्रोशित बनाएको उहाँले आरोप लगाउनुभयो । 

    यही फागुन ६ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगले दिएको प्रतिवेदन कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको स्मरणसमेत गराउनुभयो ।

    एमाले सचिव भट्टराईले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामोक्स) खरिदमा अनियमिता भएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वहालवाला मन्त्रीसँग बयान लिएको अवस्थामा मन्त्रीले नैतिकताको आधारमा पदमा रहिरहन नमिल्ने दाबी गर्नुभयो । 

    “वहालवाला मन्त्री झण्डा हल्लाएर अख्तियारमा बयान दिन जाने, यससँगै छानविनलाई पनि अघि बढाउने विषय ठीक भएन, यसबाट छानबिन प्रक्रिया प्रभावित हुन्छ । छानविनलाई निष्पक्ष अघि बढाउन वर्तमान सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मार्गप्रशस्त गर्नुपर्छ ।”

    सांसद भट्टराईले भगवान गौतमबुद्धको अस्तु भएको रामग्राम क्षेत्र व्यावसायिक प्रयोजनमा भाडामा लगाउने सम्बन्धमा पनि अनियमिता भएको उल्लेख गर्दै संस्कति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले पदमा रहन नमिल्ने जिकिर गर्नुभयो । 

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend