Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वैशाख २० गतेभित्र उपनिर्वाचन गर्ने तयारी


१३, फागुन २०८०
  • 149
    SHARES
  • वैशाख २० गतेभित्र उपनिर्वाचन गर्ने तयारी

    काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १५ देखि २० गतेभित्र उपनिर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ ।

    त्यसका लागि आइतबार साढे १२ बजे निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दैछ । यसबीचमा निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने काम गरेको र फागुनको १७ गतेखि रुजु सुरु गरिने जनाएको छ ।

    आयोगका अनुसार वैशाखको १५ देखि २० गतेभित्र मिति तोक्न सिफारिस गर्ने गरी प्रक्रिया अघि बढेको छ। आजै आयोग पदाधिकारीको बैठक बसेर यसबारे छलफल गर्ने आयोगको तयारी छ ।

    आयोगका अनुसार वैशाखको १५ अगाडि उपनिर्वाचनको मिति तोक्न कठिन छ। मतदाता नामावली अद्यावधिक र रुजु गर्न चैतको २२-२३ गतेसम्म लाग्ने र त्यसपछि निर्वाचनको प्रक्रिया सुरु गर्दा वैशाख १५ पुग्ने छ । यसबीच उपनिर्वाचनबारे प्रधानमन्त्रीसँग पनि परामर्श भइसकेको जनाइएको छ ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend