काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डामा कुरा मिलेपनि मन्त्रिपरिषद विस्तारको तयारी भएको छ ।
आज नियुक्त हुने सबै मन्त्रीको शपथ आजै साँझ बजे हुने भएको छ । नयाँ मन्त्रीको शयथका लागि राष्ट्रपति कार्यालय शीतल निवास तयारी अवस्थामा रहेको छ ।
सत्ता गठबन्धनमा भएको सहमति अनुसार एमालेले ८, माओवादीले ५, रास्वपाले ४ , जसपा र नेकपा एसले समान २ मन्त्रालय पाएका छन् ।
वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जसपाले हस्ताक्षर गरेका छन् । तर, जसपाबाट हालसम्म मन्त्री टुंगिएका छैनन् ।
मन्त्रीहरूका कार्यविभाजन यसप्रकार छ ।
एमाले
रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती, रक्षा
भगवती चौधरी, महिला बालबालिका
राजेन्द्र राई, खानेपानी
दामोदर भण्डारी, उद्योग
ज्वालाकुमारी साह, कृषि
बलराम अधिकारी, भूमि व्यवस्था
माओवादी
नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन, अर्थ
शक्ति बस्नेत, उर्जा
रेखा शर्मा, सञ्चार
हितबहादुर तामाङ, पर्यटन
रास्वपा
रवि लामिछाने, उपप्रधान तथा गृह
डीपी अर्याल, श्रम
विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
सुमना श्रेष्ठ, शिक्षा